FLASH NEWS
  • Loading...

महानगरका प्रत्येक बस्ती समेट्ने गरी योजना अघि बढाइने

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६७ पटक पढिएको
Post Thumbnail


पोखरा, २३ वैशाख । नेपाली काँग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखका उम्मेदवार रामजी कुँवरले महानगरका प्रत्येक बस्ती समेट्ने गरी विकास निर्माणका योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

महानगरपालिका–१९ लामाचौरमा शुक्रबार घरदैलो कार्यक्रममा सहभागी हुँदै उहाँले समृद्ध पोखरा निर्माण आफ्नो मुख्य उद्देश्य भएको र महानगरका कुना कुनामा रहेका बस्ती समेतको विकासले मात्रै पोखराको समुन्नति सम्भव हुने उल्लेख गर्नुभयो ।

महानगरभित्रका खानेपानी, सरसफाइ, बाटोघाटोलगायत समस्या समाधान गर्दै पोखरालाई अन्तर्राष्ट्रियस्तरको नमुना सहरका रुपमा विकास गर्ने सोचका साथ नै आफू प्रमुखको उम्मेदवार भएको उहाँले स्पष्ट पार्नुभयो ।

निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेससहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजनीतिक दलले महानगरभित्र आफ्नो चुनाव प्रचारप्रसार कार्यक्रमलाई तीव्रताका साथ अघि बढाएका छन् ।
मतदान अधिकृतका लागि तालिम

आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि शुक्रबारदेखि यहाँ मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सुरु भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय कास्कीको आयोजना भएको दुईदिने तालिममा २८८÷२८८ मतदान अधिकृत र सहायक मतदान अधिकृतको सहभागिता छ ।

महानगरपालिका र चार गाउँ नगरपालिकाका लागि एक हजार पाँच सय कर्मचारी खटाइने क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । ती स्थानीय तहमा एक सय ५० मतदानस्थल र दुई सय ८८ मतदान केन्द्र तोकिएको छ । वैशाख २७ गते मतदान केन्द्रबाटै मतदाता परिचयपत्र वितरण गरिने भएकाले निर्वाचनमा खटिने सबै कर्मचारी वैशाख २६ गते नै सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नुपर्ने भएको क्षेत्रीय निर्वाचन अधिकारी सुवेदीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित