FLASH NEWS
  • Loading...

जहाँ जनतालाई दुख्छ, त्यहाँ सुवर्ण पुग्छ

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०० पटक पढिएको
Post Thumbnail

सुवर्ण श्रेष्ठ

मेयर उमेदवार एमाले, शंखरापुर नगरपालिका

बि.सं २०२३ साल फागुन १ गते काठमाडौंको इन्द्रायणीमा जन्मनु भएको हो । उहाँले २०३६ सालदेखि राजनीतिमा सक्रिय हुन थाल्नु भयो । जनमत संग्रहमा उहाँ अनेरास्ववियुबाट क्रियाशील हुनुहुन्थ्यो । विद्यार्थीपछि उहाँ अखिल नेपाल किसान संघतिर लाग्नु भयो । त्यही क्रममा २०४२ देखि २०४६ सालसम्म भूमिगत जीवन बिताउनु भयो । मुलुकमा बहुदल घोषणा भएपछि बल्ल सार्वजनिक हुनुभयो । बहुदलीय व्यवस्थाको सुरुवातसँगै उहाँ इन्द्रायणीकै गाउँ कमिटी सचिव हुनुभयो, त्यसपछि इलाका सचिव हुँदै जिल्ला कमिटी सदस्य बन्नु भयो । उहाँ अहिले क्षेत्रीय कमिटी अध्यक्ष हुनुहुन्छ , दुई कार्यकाल क्षेत्रीय कमिटीको नेतृत्व गर्नु भएको छ । २०५४ को स्थानीय चुनावमा उहाँ एमालेबाट गाविस अध्यक्षको उमेदवार बनेर विजयी हुनुभयो ।
२०७० को संविधान सभामा निर्वाचनमा एमालेले काठमाडौं २ मा उहाँकै नेतृत्वमा चुनाव परिचालन गरेको थियो, जुन चुनावमा पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता माधकुमार नेपाल भारी मतले बिजयी हुनुभयो । सरल स्वाभावका श्रेष्ठ राजनीतिसँगै समाजिक कार्यमा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । राजनीतिसँगै सामाजिक कार्यमा पनि क्रियाशील हुनुहुन्छ  । उहाँ अहिले शंखरापुर नगरपालिकामा एमालेबाट मेयरको प्रत्यासी हुनुहुन्छ र चुनावी अभियान लिएर जनताको घरदैलो डुलिरहुनु भएको छ । प्रस्तुत छ यसबारेमा उहाँसँगको कुराकानी

यहाँ एमालेबाट मेयरमा उठ्नु भयो, के छ यहाँको चुनावी एजेण्डा ?

उहाँहरुलाई थाहा नै छ, मैले नगरपालिकाभित्रको तत्कालीन इन्दायणी गाविसको अध्यक्षको जिम्मेवारी समालिसकेको छु । अहिले इन्द्रायणी, पुखुलाछी, बज्रायोगिनी, सुन्टोल , नाङ्लेभारे र लप्सेफेदी गाविस मिलाएर शंखरापुर नगरपालिका बनाइएको छ । साखुँ काठमाडौको एउटा ऐतिहासिक र बैग्लै अस्तित्व बोकेको शहर हो । यसको आफ्नै पहिचाहन छ । यहाँको विविध पक्ष स्वस्थानी कथामा समेत उल्लेख गरिएको छ । चाहे लावण्डेको देश भनौ वा शंखरापुर, यसको आफ्नै महत्व छ । यहाँ विभिन्न जातजाति र भाषाभाषीको  बसोबास छ । उनीहरुको आआफ्नै संस्कार र संस्कृति छ । यस हिसाबले प्राचीन शहर भएको कारण शंखरापुर पर्यटकहरुको लागि उपयुक्त ठाउँ हो । यसको साथै शंखरापुर कृषिको लागि पनि उर्वर छ । मैले यही बिषय वस्तुलाई चुनावी एजेण्डाको रुपमा प्रस्तुत गरेको छु ।  त्यसको साथै सडक, खानेपानी, स्वास्थ्य र शिक्षा लगायतका एजेडालाई प्राथमिकतामा राखेको छु ।
शंखरापुर २०७२ को भुकम्पले ध्वस्त भएको छ , त्यसको पुर्न निर्माण गर्नुपर्ने अवस्था छ । कतिपय स्थानमा भुकम्प पीडितहरुले राहत पाएका छैनन, उनीहरुलाई उचित ढंगले राहत दिलाउनु पर्ने अवस्था छ । त्यसको लागि म सक्रिय भइरहेको छु र मेयरमा विजयी भएपछि त्यो कार्यलाई अझै तदारुकताको साथ अगाडि बढाउनेछु ।  यस्ता कुरा चुनावी एजेण्डमा राख्ने मात्र होइन, म पहिल्यै शंखरापुर क्षेत्रको समग्र विकासको लागि क्रियाशील हुँदै आएको छु । यही नै मेरो चुनाव जित्ने आधार हो ।

कागेश्वरी मनोहरा नगरपालिकामा झण्डै विलिन भइसकेको शंखरापुरलाई त्यसबाट छुट्याउन यहाँले के कस्तो भूमिका निर्वाह गर्नुभयो ?

यो शहरलाई नगरपालिका बनाउन पंचायतकालदेखि नै प्रयास भइरहेको थियो । तर विभिन्न कारणले त्यसमा ढिला भयो । २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि त्यो प्रकृया अगाढि बढ्यो र त्यसपछि उर्मिला अर्याल स्थानीय विकास मन्त्री भएको बेला २०६८ सालमा साँखु क्षेत्रका पुखुलाछी, ब्रयोगिनी, र सुन्टोल गा.विसलाई मिलाएर शंखरापुर नगरपालिका घोषणा गरिएको थियो । २०७० को संविधान सभा चुनावमा मतदाता नामावलीमा शंकरापुर नगरपालिका भनेर बितरण गरिएको थियो । २०७१ का काठमाडौं जिल्लालाई गाविस विहीन बनाउने योजना अनुसार इन्द्रायणी, लप्सेफेदी र नाङ्लेभारे गाविसलाई पनि शंखरापुरमै हालियो र क्षेत्रफल अलि ठूलो बनाइयो । साँखु अर्थात् शंखरापुर विभिन्न सरकारी निकायको इलाका कार्यालय रहेको ठाउँ पनि हो ।
स्थानीय  तह पुर्नसंरचना आयोगले सरकारलाई प्रतिवेदन बुझाए लगत्तै हामीले शंखरापुर नगरपालिका गुमेको थाहा पायौ । त्यस्तो खबर सुन्नासाथ पहिलो चरणमा त्यसलाई सच्याउन माग गर्दै प्रमुख पार्टीका शिर्षस्थ नेताहरुलाई ज्ञापन पत्र बुझायौ । यस क्रममा हामीले माघ २ गते उपप्रधान तथा गृहमन्त्री बिमेलेन्द्र निधिलाई भेटेर सच्चयाउन् माग ग¥यौ । त्यसपछि पूर्व प्रधानमन्त्री तथा नेपाल काँग्रेसका नेता शेरबहादुर देउवा, पूर्वप्रधामन्त्री तथा एमाले अध्यक्ष के.पी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई लगायतका नेता कहाँ पुग्यौ र उहाँहरुलाई शंखरापुर नगरपालिकाको ऐतिहासिक महत्व बारेमा अवगत गराउँदै उहाँहरुलाई ज्ञापनपत्र बुझाएर यसलाई कायम राख्न माग ग¥यौ ।
त्यसपछि विरोध ¥याली, पर्चा बितरण, मोटरसाइकल ¥याली, महिला ¥याली ग¥यौ । एक दिन शंखरापुर बन्द समेत ग¥यौ । विरोधको यी विविध कार्यक्रमपछि रिले अनसन बस्यौ । विभिन्न राजनीतिक दल, नागरिक समाज र बासिन्दाको अथक प्रयासपछि राज्यले शंखरापुरलाई छुट्टै नगरपालिका कायम गर्न बाध्य भयो । यसमा अन्य साथीहरुसँग मेरो सक्रियता रहेको  कुरा त्यसबेला राष्ट्रिय स्तरका पत्रपत्रिकाहरुमा प्रकाशित भएका बिषय वस्तुहरुबाटै प्रष्ट हुन्छ ।


चुनावमा यहाँको को सँगप्रतिस्पर्धा होला जस्तो छ ?

शंखरापुर नगरपालिकामा करिब २७ हजार ५ सय मतदाता छन् । नगरपालिकाको मेयरमा एमालेले मलाई उठाएको छ  । नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपासहितका अन्य दल पनि चुनावी अभियानमा छन् ।
यस क्षेत्रमा एमाले र काँग्रेसबीच नै प्रतिस्पर्धा हुने हो । त्यस कारण मेरो प्रतिस्पर्धा काँग्रेसका उमेदवारसँग नै हुनेछ । तर काँग्रेसको उमेदवार भन्दा म धेरै माथि छु जस्तो लाग्छ । मेयर मात्र होइन,  उपमेयरसहित सवै वडा हामीले जित्छौ । अरुले उपमेयर साँखु बजार बाहिरको व्यक्तिलाई बनाएका छन् तर हामीले बजार भित्रैबाट शुक्र लक्ष्मी श्रेष्ठलाई उपमेयर बनाएका छौ ।
शंखरापुरको वडा नम्बर १ श्याममणि ढुंगाना, २ मा जीवन लामा, ३ मा रामबहादुर वाइवा, ४ मा रामबहादुर स्याङ्बो, ५ मा शेरगम्भीर थापा, ६ मा इन्द्रलाल श्रेष्ठ, ७ मा रणुलाल सिंह, ८ हितमान तामाङ  र ९ मा घनश्याम थापा वडा अध्यक्ष उमेदवार हुनुहुन्छ । यी सबै वडा एमालेले जित्नेमा हामी विश्वस्त छौ ।
यहाँले चुनाव जित्छु भनेर दाबी गर्ने आधार के छ ?
शंखरापुरमा म राजनीतिसँगै विभिन्न सामाजिक कार्यमा समेत सक्रिय हुँदै आएको छु । मेरो हरेक दिन विकास निर्माण र शंखरापुरलाई समृद्ध बनाउने प्रयासमा नै  बित्ने गरेको छ । मैले  बासिन्दाको सुख र दुःखमा मैले सधै साथ दिदै आएको छु । बासिन्दालाई कुनै पनि समस्या पर्दा म सबै भन्दा पहिला पुग्ने गरेको छु । अबको दिनमा त्यो कार्यलाई अझै सशक्त रुपमा बढाउने योजना छ । म आगामी दिनमा ‘जहाँ जनतालाई दुख्छ, त्यहाँ सुवर्ण पुग्छ’ भन्ने पुष्टि हुने हिसाबले क्रियाशील हुनेछु । राष्ट्रियता, विकास र मुलुकको समृद्धिको लागि नेकपा(एमाले)ले लिइरहेको अडान, प्रयास को साथै यस नगरमा मेरो सक्रियता नै चुनाव जित्ने आधार हो ।

रसङ् बदलौ यहाँ एमाले काठमाडौं क्षेत्र न २ को अध्यक्ष हुनुहुन्छ,  यस क्षेत्रमा एमालेको अवस्था कस्तो छ ?

काठमाडौं क्षेत्र न २ मा संगठन, जनपरिचालन र मतको हिसाबले अन्य पार्टी भन्दा एमाले निकै बलियो छ । यहाँ एमाले पार्टीसँगै विभिन्न जनवर्गिय संगठन सक्रिय छ र सशक्त छ  । काठमाडौ क्षेत्र न २ भित्र कागेश्वरी मनोहरा नगरपालिकामा ९ वटा वडा छ । त्यस्तै शंखरापुर नगरपालिकामा पनि ९ वटा वडा छ । काठमाडौं महानगरको ९ र ३२ गरी दुई वटा वडा यही क्षेत्रमा पर्छ ।  स्थानीय चुनावमा दुई वटै नगरपालिकाको मेयर उपमेयरसहित सबै स्थानमा एमाले विजयी हुनेछ । यसमा हामी निर्धक्क छौ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित