FLASH NEWS
  • Loading...

सामुदायिक वनको लगानी ग्रामीण सडकमा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६६ पटक पढिएको
Post Thumbnail


डोटी, २५ वैशाख । सामुदायिक वनको लगानीमा शिखर नगरपालिकामा ग्रामीण सडकको निर्र्माण थालिएको छ ।

शिखर नगरपालिका–११ बारपाटाको तल्लोसातदेखि सडक निर्माण थालिएको हो । जणानकोट सामुदायिक वनको रु आठ लाख बराबरको लगानीमा आदर्श गाउँपालिका–५ बलीगाउँदेखि शिखर नगरपालिका–११ तल्लोसातसम्म जोड्ने सडकको निर्माण थालिएको छ ।

सडकको लम्बाई करिब साढे तीन किलोमिटर रहेको छ । सो सडकको समाजसेवी मानबहादुर रावलले आइतबार शिलान्यास गर्नुभयो । सामुदायिक वनले खोटो, काठपुर्जी आन्तरिक करलगायतका स्रोतमार्फत गरेको आम्दानी सडक निर्माणमा लगाउन लागेको सो सामुदायिक वनका अध्यक्ष भीमबहादुर बोहराले बताउनुभयो ।
यसअघि पनि सो सामुदायिक वनले आफ्नो आम्दानीबाट सोही वडामा रहेको भगबती आधारभूत विद्यालयको चार कोठे भवन, दुर्गा भगवती मन्दिर, घटला बाबा मन्दिर र पाँच वटा खानेपानीका न्वाला (कुवा)हरु निर्माण गरिसकेको स्थानीय शिक्षक दीपक बोहराले बताउनुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित