FLASH NEWS
  • Loading...

कागेश्वरी मनोहरा र शखरापुरमा एमालेप्रति उत्साह

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५० पटक पढिएको
Post Thumbnail

 

काठमाडौ, २६ बैशाख– स्थानीय निर्वाचन नजिकिदै जाँदा काठमाडौको पूवीभेगमा अवस्थित कागेश्वरी मनोहरामा र शखरापुर नगरपालिकामा चुनावी रौनक बढ्दै गएको छ । स्थानीय चुनावमा यी दुईवटै नगरपालिकामा नेकपा(एमाले) र नेपाली काँग्रेसका उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुने अवस्था छ ।
कागेश्वरी मनोहरामा मेयर, उपमेयरसहित सबै वडामा अध्यक्ष समग्र पद एमालेको पोल्टामा जाने स्थिति देखिएको छ ।
कागेश्वरी मनोहरामा मेयरको लागि कृष्णहरि थापा चुनावी मैदानमा उत्रिएका छन् । उनी २०५४ साल स्थानीय चुनावमा गोठाटार गा.वि.स.मा एमालेबाट अध्यक्षको विजयी भएका व्यक्ति हुन् । उनकै सक्रियताले गोठाटारले विकासमा फड्को मारेको छ । काठमाडौको पूर्वी भेगमा गोठाटार अहिले नमूना बनेको छ, त्यहाँका बासिन्दाले त्यसको श्रेय थापालाई दिएका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका साविकका गोठाटार, मूलपानी, डाँछी, भद्रबास, आलापोट र गागलफेदी गाविस मिलेर बनाइएको छ । यी ६ मध्ये साविकका गोठाटार, मूलपानी डाँछी गाउँमा पछिल्लो समय तीब्र रुपमा शहरीकरण भइरहेको छ । त्यसलाई व्यवस्थित शहर बनाउने उनको उदेश्य छ । भद्रबास, आलापोट र गागलफेदी कृषिको उपयुक्त रु उर्वर छ, ती ठाउँँलाई आधुनिक शैलीले व्यवसायिक खेतीतर्फ लैजाने उनको लक्ष्य छ ।
उनले नगरपालिका भित्रका सबै वडामा १० देखि १५ शैयाको अस्पताल निर्माण गर्ने योजना बनाएका छन् । त्यसको साथै सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र सरसफाई प्राथमिकता दिने उनको उदेश्य छ  ।
उपमेयरको लागि बिन्दु (पुडासैनी) सिंखडा चुनावी मैदानमा उत्रिएकी छन् । डाँछी निवासी सिंखडा स्वास्थ्य स्वंमसेविका हुन् । उनी समाजमा अत्यन्त्रै सक्रिय र लोकप्रिय व्यक्ति हुन् । उपमेयरमा उनले सजिलै जित्ने बासिन्दा बताउँछन् ।
कागेश्वरी मनोहरा नगरपालिकामा एमालेका मेयर,उपमेयर, वडा अध्यक्ष र सदस्य उमेदवारहरुले घरदैलो अभियान सुरु गरेका छन् । कागेश्वरी मनोहरा नपामा एमालेबाट मेयरमा कृष्णहरि थापा र उपमेयरमा बिन्दु सिंखडाले प्रतिस्पर्धा गर्दै छन् ।
मेयर उमेदवार थापा र उपमेयरकी सिंखडा यतिखेर घरदैलो अभियान छन् । उनीहरुले  घर घरमा पुगेर मत मागिरहेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिकामा वडा नम्बर १ मा मुकन्द गजुरेल, २ मा रामशरण पुयाँल, ३ मा राममणि पुडासैनी, ४ मा धनबहादुर श्रेष्ठ। ५ मा राजाराम पुडासैनी, ६ मा प्रकाश फुयाँल, ७ मा शैलेन्द्र रायमाझी, ८ मा श्रीकृष्णप्रसाद चापागाई र ९ मा कुन्दन खड्काले प्रतिस्पर्धा गर्दै छन् । यी सबै वडामा एमालेको विजयी निश्चित देखिएको छ ।

त्यस्तै शंखरापुर नगरपालिकामा एमाले र काँँग्रेसको उम्मेदवारबीच प्रतिस्पर्धा हुने स्थिति देखिएको छ । शंखरापुरमा एमालेबाट मेयरको लागि सुवर्ण श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । उनी २०३६ सालदेखि राजनीतिमा सक्रिय हुँदै आएका व्यक्ति हुन् । उनी २०५४ को स्थानीय चुनावमा एमालेबाट इन्द्रायणीको गाविस अध्यक्षको  विजयी भएका थिए  । उपमेयरमा शुक्रलक्ष्मीले प्रतिस्पर्धा गर्दै छन् ।
उनीहरु अहिले चुनावी अभियान लिएर जनताको घरदैलो डुलिरहेका  छन् ।
शंखरापुरको वडा नम्बर १ श्याममणि ढुंगाना, २ मा जीवन लामा, ३ मा रामबहादुर वाइवा,४मा रामबहादुर स्याङ्बो, ५ मा शेरगम्भीर थापा, ६ मा इन्द्रलाल श्रेष्ठ, ७ मा रणुलाल सिंह, ८ हितमान तामाङ  र ९ मा घनश्याम थापाले प्रतिस्पर्धा गर्दै छन् । शंखरापुरमा मेयर, उपमेयरसहित सबै पद एमाले नै जित्ने निश्चित छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित