FLASH NEWS
  • Loading...

‘भ्रष्टाचार गरेको ठहरे देश छाड्छु’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले प्राधिकरणले खरिद गर्न लागेको एलइडी बल्बमा भ्रष्टाचार भएको ठहर भए देशै छाड्ने बताएका छन् ।
मंगलबार एलइडी बल्ब खरिदका विषयमा गरिएको पत्रकार सम्मेलनमा नियोजित रूपमै आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको भन्दै प्राधिकरण प्रमुख घिसिङले लिड बल्बमा आफू वा आफ्नो टिमले पैसा खाएको प्रमाणित भए देशै छाडेर जाने बताए ।
प्राधिकरणमै पत्रकार सम्मेलन गर्दै प्रमुख घिसिङले भने, ‘लिड बल्ब खरिदमा म र मेरो टिमको नियतमाथि शंका गरिएकोमा मलाई चित्त दुखेको छ । यसमा हामीले पैसा खाएको प्रमाणित भए देश छाडेर जान्छु ।’
सरकारले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा मन्त्रालयअन्तर्गतको कम्पनीबाट २ करोड थान एलइडी (लाइट इमिटिङ डिओड) बल्ब किन्न दिने निर्णय गरेको थियो तर, सरकारले बिनाटेन्डर यति ठूलो परिमाणको बल्ब किन्न लागेको भन्दै केहीले यसमा अनियमितताको आशंका गरेका छन् ।
कतिपयले भारतले ३८ भारूमा किनेको बल्ब नेपालले किन ६५ भारूमा किन्ने भन्दै उक्त निर्णय विवादित भएको छ ।
यो निर्णयका आलोचकहरूले भ्रष्टाचार गर्ने नियतले बिनाप्रतिस्पर्धा बल्ब किन्ने निर्णय गरिएको आरोप लगाएका छन् । उनीहरुले यो सँगै मुख्यगरी तीन प्रश्न उठाउँदै आएका छन् । जसमा प्रक्रिया मिचेर खरिद गर्न लागियो, भारतमा सस्तोमा पाइने बल्ब कमिसन खाने नियतले महँगोमा किनियो, प्राधिकरणले आफैँ टेन्डर गरेर खरिद गरेको भए सस्तोमा बल्ब किन्न सक्थ्यो ।
यसअघि नै प्राधिकरणलाई बल्ब खरिद गर्न ऋण दिने प्रस्ताव ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा जाँदा मुख्य सचिव सोमलाल सुवेदीले प्रक्रिया नमिलेको भन्दै असहमति जनाएका थिए ।
यो प्रकरण भने मुख्य सचिव सुवेदीकै कारण गलत तरिकाले बाहिर आएको बताउनेहरुको संख्या पनि कम छैन । मुख्य सचिव सुवेदीले प्राधिकरणले आफैँ किन्न सक्ने बल्बबारे सरकारले निर्णय गर्न उपयुक्त नहुने भन्दै फाइल नै फर्काएका थिए ।
अहिले प्राधिकरणको घिसिङ एक्कासि चर्चामा आएको मुख्य सचिव सुवेदीलाई मन परेको छैन । त्यसैले उनैको योजनामा अहिले प्रमुख घिसिङमाथि उनले आक्षेप लगाएको ऊर्जा मन्त्रालयका एक सहसचिवले नाम नबताउने सर्तमा भने । मन्त्रिपरिषद्मा लगेर निर्णय गराएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न नपाउने व्यवस्थाकै कारण बल्ब खरिद गर्ने निर्णय मन्त्रिपरिषदमा लगिएको हल्ला मुख्य सचिवकै योजनामा बाहिर आएको पनि उनी बताउ“छन् ।
ऊर्जा मन्त्री जनार्दन शर्माले खरिद ऐनको धारा ४१ को २ (घ) अनुसार नेपाल सरकारले अर्को सरकारसँग सोझै सामान खरिद गर्न सक्ने व्यवस्थाअनुसार बल्ब खरिद प्रक्रिया अघि बढेको बताएका छन् । भारतको ऊर्जा मन्त्रालय अन्तर्गतको इइएसएल, विदेश मन्त्रालय र भारतीय दूताबास हदै यो प्रस्ताव नेपालको परराष्ट्र मन्त्रालय, ऊर्जा मन्त्रालय भएर प्राधिकरणसम्म पुगेको हो ।
प्राधिकरण प्रमुख घिसिङले भने, ‘एमओयुमै मन्त्रिपरिषद्ले स्विकृति गरेपछि मात्र खरिद सम्झौता हुने उल्लेख छ । त्यैसैले मन्त्रिपरिषद्मा किन लगियो, प्राधिकरणले आफै किन खरिद गरेन भन्ने प्रश्न नै गलत छ ।’
तर, एलइडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि आङ्खना धारणा राख्न पत्रकारहरुमाझ उपस्थित भएका प्राधिकरणका प्रमुख घिसिङ पत्रकार सम्मेलन स्थानमै भक्कानिए रोएका छन् ।
आफूले इमान्दार भएर काम गरेको भन्दै गर्दा उनी निकै भावुक भए । एउटा बल्बमा पैसा खानुपर्ने आङ्खनो अवस्था नरहेको भन्दै उनले गहभरी आँस’ पार्दै भने, ‘नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा खानु नै छ भने २÷४ घन्टा लोडसेडिङ गर्दा नै करोडौ कमाएर बस्थे ।’
चरित्र हत्या गर्ने प्रयास भएको भन्दै उनले आफूलाई दुःख लागेको बताएका छन् । उनले भने, ‘यदि कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ । अन्यथा यस्ता गलत प्रचार नगरिदिनु होला ।’
लगत्तै सम्हालिएका कुलमानले आफूहरुमाथि लागेको आरोपले गम्भीर बनाएको बताए । यसले काम गर्ने वातावरण विग्रन सक्ने उनले बताए । भारत सरकारसँग सहमति गरेर १३५÷१४० रुपैयाँमा बल्ब ल्याउन लागेको भन्दै घिसिङले यदि कसैले सक्छ भने १५० रुपैयाँमा ल्याउन चुनौती दिए । कुनै व्यापारीले १५० रुपैयामै गुणस्तरीय बल्ब ल्याएमा प्राधिकरणका २ सय वटै ग्राहक सेवा केन्द्रबाट वितरणको व्यवस्था मिलाउने घिसिङले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित