FLASH NEWS
  • Loading...

दोस्रो निर्वाचन जेठ ३१ मा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५७ पटक पढिएको
Post Thumbnail

 

काठमाडौं—प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हालको वातावरण आंकलन गर्दा दोस्रो स्थानिय तहको निर्वाचन जेठ ३१ मै हुनमा आफु विश्वस्त भएको बताएका छन् ।
रिपोटर्स क्लब नेपालको साक्षात्कारमा उनले निर्वाचनको तयारी र सफताको पहिलो सूचक उम्मेदवारी मनोनयनमा देखिएकोले दोस्रो चुनाव पनि तोकिएकै मितीमा हुने बताए । उनले भने, ‘विभिन्न शंका आशंकाबीच पनि निर्वाचनप्रतिको सबैको सकारात्मक सोचबाट आज हामी यहा“सम्म आइपुग्न सफल भएका हांै ।’ तर दोस्रो चरणको निर्वाचन सार्दा भने आयोगले तयारी गर्न नभ्याउने उनले बताए ।
उनले धेरै पछि मतदान हुन लागेकोले मान्छेहरुमा मतदान सम्बन्धि जानकारी कम भएकोले यसपाली निर्वाचन आयोगले निर्वाचन शिक्षालाई महत्व दिएको बताए । उनले भने, ‘स्थानीय तहको २० वर्षपछि हुन लागेको निर्वाचनमा आम मतदाताको सहभागिता होस्, कोही मतदाता नछुटुन्, सदर मतको संख्या बढोस्, बदर मत प्रतिशत घटाउन सकियोस् भन्ने दृष्टिकोणबाट आयोगले यसपटक निर्वाचन शिक्षालाई जोड दिइरहेको छ ।’
स्थानीय तहको निर्वाचनमा नेपालको भौगोलिक अवस्थाले गर्दा विकट गाउ“मा मतदाता शिक्षा पु¥याउन नसकेको जनाउ“दै उनले भने, ‘ ठूलो भूगोल भएकाले उम्मेदवार जनताको घरघरमा पुगेर मत माग्ने र मतशिक्षा दिने कार्यमा समयको तालमेल मिलाउन भने निकै धौधौ परिरहेको उनको भनाइ थियो ।
मुलुक संक्रमणकालकै छ भन्ने परिचयको रुपमा सरकार विस्तारको घटनालाई लिन सकिने उनले बताए । प्रमुख निर्वाचन आयुक्त डा यादवले स्थानिय तहको निर्वाचन निक्ष्पक्ष र धा“धली रहित बनाउन आयोग निरन्तर लागीरहेको जनाउ“दै उनले भने, ‘आयोग निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन दृढ छ ।’
निर्वाचन कानुनमा व्यवस्था भएअनुसार मतदान सकिएर मतपेटिका संकलन भएपछि मतगणना सुरु गरिने बताए । उनले स्थानीय तहको दोस्रो चरणको निर्वाचन जेठ ३१ मै हुनुपर्ने जनाउ“दै त्यसलाई सारियो भने आयोगले तयारी गर्न नभ्याउने जानकारी गराए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित