FLASH NEWS
  • Loading...

घाइते बूढाथोकीको स्वास्थ्यमा केही सुधार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६० पटक पढिएको
Post Thumbnail

काठमाडौँ, २८ वैशाख । दोलखाको गौरीशङ्कर गाउँपालिका–२ जुँगु दहवारीमा भएको झडपमा घाइते भएका दिलबहादुर बुढाथोकीको स्वास्थ्य अवस्थामा केही सुधार आएको छ ।

मङ्गलबार राति नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच भएको झडपमा घाइते भएका एमाले कार्यकर्ता बुढाथोकीको स्वास्थ्यमा सुधार आएको नेकपा (एमाले) प्रदेश सम्पर्क कमिटी–३ का संयोजक श्यामकुमार बस्नेतले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहनुभएका बुढाथोकीको स्वास्थ्य अवस्था बुझ्न नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवालीलगायत नेता आज अस्पताल पुग्नुभएको थियो । बुढाथोकीलाई उपचारका लागि आज यहाँ ल्याइएको हो ।

महासचिव पोखरेलले चुनावी प्रचारका क्रममा जघन्य अपराधको घटना भएकोप्र्रति घोर निन्दा गर्दै उहाँको स्वास्थ्य उपचार खर्च र दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

घाइते बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको छ । झडपमा घाइते एमालेका कार्यकर्ता कुलबहादुर तामाङको उपचारका क्रममा ज्यान गएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित