FLASH NEWS
  • Loading...

अति संवेदनशील मतदानस्थलमा विशेष सुरक्षा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६९ पटक पढिएको
Post Thumbnail


त्रिशूली–सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचनमा जिल्लाका ५० भन्दा बढी मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रुपमा राखेर सुरक्षा व्यवस्था गरिएको छ ।
निर्वाचनमा हुनसक्ने विकृती र आतंकलाई ध्यानमा राखेर ती मतदान स्थललाई संवेदनशिल क्षेत्रको श्रेणिमा राखेको हो ।
जिल्ला सुरक्षा समन्वय समितिका संयोजक तथा प्रजिअ विष्णुप्रसाद पोखरेलले राजनीतिक र भौगोलिक आधारमा जिल्लाका १ सय २९ मतदान स्थलमध्ये ५४ स्थललाई अति संवेदनशील, ५० स्थललाई संवेदनशील र २५ स्थललाई सामान्यमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको जानकारी गराए ।
प्रजिअ पोखरेलका अनुसार निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि दुई नगरपालिकामा दुई दुई र १० गाउँपालिकामा एक एक प्रहरीको मोबाइल गस्ती, सशस्त्र प्रहरी बलको २८ मोबाइल गस्ती तथा सेनाका ११ बम निष्क्रिय पार्ने टोली परिचालन गरिएको छ ।
प्रजिअ पोखरेलका अनुसार जिल्लामा २ हजार ८ सय ७१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाभर म्यादी प्रहरीसहित नेपाल प्रहरीतर्फ ९ सय ४३, म्यादी प्रहरी ८ सय ५८ र नेपाली सैनिक ५ सय परिचालन गरिएको छ । निर्वाचनको दिन जिल्लाका सबै सुरक्षा निकायका प्रमुख एकसाथ रहेर निर्वाचन सुरक्षामा ध्यान दिने योजना सार्वजनिक गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित