FLASH NEWS
  • Loading...

साँझ ७ बजेबाट यातायात सञ्चालन हुने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५४ पटक पढिएको
Post Thumbnail


काठमाडौं–निर्वाचनका लागि यातायातका साधनमा लगाइएको प्रतिबन्ध साँझ ७ बजेबाट फुकुवा हुने भएको छ । निर्वाचनको दिन भनेर आयोगले आइतबार बिहान ५ बजेदेखि निर्वाचन हुने क्षेत्रमा यातायातका साथन चलाउन रोक लगाएको थियो ।
निर्वाचनका दिन सवारी अनिवार्य हुने प्रेस, पर्यटक, अस्पतालसहितका अत्यावश्यक क्षेत्रलाई समेत निर्वाचन आयोग र स्थानीय प्रशासनको तर्फबाट जारी पासका आधारमा मात्र सञ्चालन गर्न पाइने व्यवस्था गरेको थियो ।
साँझ ५ बजे मतदान सकिने भएकाले आयोगले सात बजेदेखि यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मतदान सकिएपछि यातायातका साधन संचालन गर्न दिने निर्णय भएको छ । साँझ ७ बजे पछि सबै यातायातका साधनहरु निर्वाध रुपमा संचालन हुनेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित