FLASH NEWS
  • Loading...

धादिङमा ५१ प्रतिसत मात्र मत खस्यो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail


धादिङ– स्थानिय तह निर्वाचन उत्साहपूर्वक सहभागिता भने पनि धादिङमा ५१ प्रतिसत मात्र मत खसेको छ । कुल मतदाता २ लाख ६ हजार २ सय मतदाता रहेकोमा १ लाख ५४ हजार ३ सय ७४ जनाले मात्रै मतदान गरेका छन् ।
जिल्लामा रहेका २ नगरपालिका र ११ गाउँपालिका गरी १३ वटा स्थानीय तह छन् । १ सय ९ मतदान स्थल र २ सय ५१ मतदान केन्द्र भएको सो जिल्लमा मतदाताहरुले मतदान गरेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ
निर्वाचन जिल्लाभर सौहार्दपूर्ण भएपनि मतदाता नामावलीमा नाम विग्रिएको कारण र मतदाता बैदेशिक रोजगारीमा रहेका कारण मत नखसेको हो ।
धादिङका १३ वटै स्थानीय तहको मतगणना सोमबार मात्रै हुने भएको छ । सम्बन्धित मतदान केन्द्रबाट मतपेटिका गाउँपालिकामा ल्याएपछि गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रुवीभ्याली गाउँपालिकाको बाहेक अन्य मतदान केन्द्रहरुको मतपेटिका आइतबार रातीसम्म संकलन भइसक्ने र रुवीभ्यालीको भने सोमबारसम्म संकलन गरिसक्ने कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित