FLASH NEWS
  • Loading...

नेकपा (माओवादी केन्द्र) को चुनावी अभियान सुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५५ पटक पढिएको
Post Thumbnail

गौशाला—नेकपा (माओवादी केन्द्र) महोत्तरीले सोमबारदेखि दोस्रो चरणको चुनावका लागि जिल्ला सदरमुकाम जलेश्वरबाट चुनावी अभियान सुरु गरेको छ । आइतबार पहिलो चरणको निर्वाचन सकिएलगत्तै माओवादी केन्द्रले सो अभियान सुरु गरेको हो ।
‘गाउँ नगर घरघर जाऔं, माओवादी केन्द्रलाई विजयी गराऔं’ भन्ने नाराका साथ माओवादी केन्द्र, महोत्तरीले जिल्लाका ३ नगरपालिका र १२ वटा गाउँपालिकामा चुनावी अभियान सुरु गरेको हो ।
‘नेकपा (माओवादी केन्द्र) युवा परिचालन तथा जनसम्बन्ध अभियान–२०७४ उद्घाटन समारोह’ नाम दिइएको चुनावी अभियानलाई सदरमुकाम जलेश्वरस्थित महोत्तरी क्लबमा सो पार्टीका सांसद लालेन्द्रकुमार मण्डल, निशा साह, भूपू सांसद भरत साह, बुधनी देवी र स्थायी समिति सदस्य राजु खड्काले संयुक्तरुपमा सम्बोधन गरेका थिए ।
कार्यक्रममा वाइसिएल केन्द्रीय सदस्य शंकर महतो र विद्यार्थी नेता सूर्यनारायण साहको नेतृत्वमा दुईवटा अभियान टोली निर्माण गरिएको छ भने दुवै टोलीले सोमबार जलेश्वरबाट अभियान सुरु गरी छ÷छ वटा गाउँपालिका र एक÷एक वटा नगरपालिकाको जिम्मेवारी बहन गर्ने जनाएको छ ।
सात दिनसम्म चल्ने सो अभियानमा माओवादी केन्द्रका नेता कार्यकर्ताले जिल्लाका प्रत्येक गाउँ र घरमा गएर जिल्लावासीलाई स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिन तथा माओवादी केन्द्रलाई विजयी बनाउन जनतासँग अपिल गर्नेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित