FLASH NEWS
  • Loading...

कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५१ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, २ जेठ । कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित गरिएको छ । स्थानीय निर्वाचनको आइतबार रातिदेखि सुरु भएको मतगणना विवादका कारण स्थगित गरिएको हो ।

नगरपालिकाको वडा नं २ को मतगणनाका क्रममा नेकपा (एमाले) ले अग्रता लिएपछि नेपाली काँग्रेस समर्थकले विरोध गरेपछि राति ११ बजेदेखि गणना रोकिएको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो ।

अहिले बिहान विभिन्न दलका सर्वदलीय प्रतिनिधिको छलफल बोलाइएको छ । त्यसपछि मत गणना हुने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित