FLASH NEWS
  • Loading...

चितवनको स्थगित मतदान आज सम्पन्न,

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५५ पटक पढिएको
Post Thumbnail


रत्ननगर—उम्मेदवारको मुत्यु पछि स्थगित स्थानिय तह निर्वाचन मंगलबार पूर्वी चितवनको कालिका नगरपालिकामा मतदान गरि सम्पन्न भएको छ ।
चट्याङ लागेर उम्मेदवारको मृत्यु भएपछि स्थगित भएको चितवनको कालिका नगरपालिका–११ मा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको मतदान अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिका छन् । उक्त वडामा ८२० मतदाता रहेकामा ६६४ मत(८१ प्रतिशत) खसेको थियो ।
मतगणनाको विषयमा भने सर्वदलीय बैठकको निर्णयअनुसार मतगणनाका क्रम अघि बढ्ने शर्माले जानकारी दिए । वैशाख २६ गते वर्षासँग परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र)बाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो । मृतक सिफलको स्थानमा माओवादी केन्द्रले सुकराम चेपाङलाई उम्मेदवार बनाएको छ ।
कालिका नगरपालिकामा २२ हजार ९८७ मतदाता रहेकामा यसअघि अन्य १० वडामा १७ हजार ९४३ मत खसेको थियो । दलित नभएकाले यहाँ दलित महिलामा भने कुनै उम्मेदवारी परेन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित