FLASH NEWS
  • Loading...

धादिङका २९ वडाका अध्यक्षहरुको निर्णय

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५९ पटक पढिएको
Post Thumbnail


धादिङ—जिल्लाको ११ गाउँपालिका र दुई नगरपालिकाको १०४ वडामध्ये २९ वडाको मंगलबार दिउँसोसम्म परिणाम घोषणा भएको छ ।
घोषणा भएका वडामध्ये एमालेले १७ वडा, नेकपा (माओवादी केन्द्र)ले ७ वडा र नेपाली कांग्रेसले ५ वडामा विजय हासिल गरेको छ । धुनीबेसी नगरपालिका–१ मा एमालेका चन्द्र लामा, २ मा बलराम कु“वर, ४ मा हरिप्रसाद उप्रेती, ६ मा कान्छा तामाङ निर्वाचित भएका छन् ।
यसैगरी वडा नं ५ मा माओवादी केन्द्रका कृष्ण रेग्मी निर्वाचित भएका छन् । वडा नं ३ मा भने पुनः मतगणना सुरु गरिएको छ । थाक्रे गाउँपालिका–२ मा एमालेका राजकुमार पौडेल, ४ मा गणेशमान वाइवा, वडा नं १ मा नेपाली कांग्रेसका इन्द्रबहादुर थापा र वडा नं ३ मा माओवादी केन्द्रका अमित घले निर्वाचित भएका छन् ।
गल्छी गाउँपालिका–१ मा एमालेका पूर्णप्रसाद खतिवडा, २ मा षडानन्द खनाल निर्वाचित भएका छन् । गजुरी गाउँपालिका–१ मा एमालेका राजकुमार पण्डित र २ मा चुडामणि कँडेल निर्वाचित भएका छन् । बेनीघाट रोराङ–२ मा एमालेका टंककुमार थापा, र वडा नं १ मा माओवादी केन्द्रका नन्दु तामाङ विजयी भएका छन् ।
सिद्धलेक गाउपालिका–१ मा एमालेका चन्दप्रसाद सिलवाल, २ मा कमल गुरुङ, ३ मा देवबहादुर पुलामी निर्वाचित भएका छन् । ज्वालामूखी गाउँपालिका–१ मा एमालेका रामप्रसाद सिलवाल, २ मा नेपाली कांग्रेसका रणबहादुर शाही विजयी भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा एमालेका मेन घले र २ मा पेमा घले निर्वाचित भएका छन् । नेत्रावती गाउँपालिका–१ मा माओवादी केन्द्रका चन्द्रबहादुर पल्ली र २ मा शिव थापा र ३ मा नेपाली कांग्रेसका विजयकुमार पाख्रन निर्वाचित भएका छन् ।
यसैगरी त्रिपुरासुन्दरी गाउँपालिका–७ मा माओवादी केन्द्रका देवराज धरेल निर्वाचित भएका छन् । गंगा जमुना गाउँपालिका–१ मा माओवादी केन्द्रका यमबहादुर तामाङ निर्वाचित भएका छन् । खनियाबास गाउँपालिका—१ मा नेपाली कांग्रेसका बुद्धि तामाङ र २ मा टेक तामाङ निर्वाचित भएका छन् । नीलकण्ठ नगरपालिका—११ मा माओवादी केन्द्रका गणेश थापा निर्वाचित भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित