FLASH NEWS
  • Loading...

मीना बजार तस्करी बढ्दै

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६२ पटक पढिएको
Post Thumbnail


वीरगन्ज—वीरगन्जको मीना बजारमा तस्करीको बिगबिगी बढ्दै गएको छ । हरेक सामान पाइने मीना बजारका व्यापारीको माग अनुसार तस्करले सीमा पारी भारतको रक्सौल बजारबाट दैनिक उपभोग्य समान ल्याउने गरेका छन् । जसको कारण तस्करी बढ्दै गएको हो ।
तस्करले दैनिक १० लाख भन्दा बढी मूल्यका समान साँझ परेपछि व्यापारीलाई बुझाउने गरेकाले भन्सार समेत प्रभावित हुन पुगेको छ । नजिकै सामुदायिक प्रहरी बिट भए पनि तस्करीका समान निर्वादरुपमा भित्रिनुलाई प्रहरीको समेत मिलोमतो भएको आंकलन यहाँका बासिन्दाले गरेका छन् । तस्करले भारतबाट भन्सार छलेर समान वीरगन्जमा जम्मा गर्ने र साँझ परेपछि सम्बन्धित व्यापारीलाई दिने गरेको मीना बजारका एक व्यापारी बताउँछन् ।
सीमा क्षेत्रका इनर्वा, छपकैया, सिरसिया, भन्सार गेटमा रहेका प्रहरी र सशस्त्र प्रहरीलाई महिनाबारी रकम दिएर तस्करहरुले समान ल्याउने गरेका छन् । तस्करसँग महिनाबारी रकम उठाउन घुमुवा प्रहरी नै परिचालन गरिएको उनको भनाइ छ । तस्करले साइकलमा समान ल्याउने गरेको स्वीकादै पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले सीमा क्षेत्रमा रहेका प्रहरीको दोस भएको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित