FLASH NEWS
  • Loading...

शंखरापुरको मेयरमा सुवर्ण श्रेष्ठ विजयी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४६ पटक पढिएको
Post Thumbnail


काठमाडौं, ४ जेठ– शंखरापुर नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले नेपाली काँग्रेसका शंकर तिवारीलाई करिब १८ सय मतको अन्तरले पराजित गर्दै नगरप्रमुखमा आसिन भएका हुन । शंखरापुरमा उप प्रमुखमा एमालेर्क शुक्रलक्ष्मी श्रेष्ठ विजयी भएकी छन् । उनले पनि काँग्रेसकी मन्जु खड्कालाई हराएर उपप्रमुख बन्न सफल भएकी हुन । शंखरापुरमा वडा नम्बर १, २, ५, ८ र ९ मा एमालेको पोल्टामा गएको छ ।
नगर प्रमुखमा विजयी इन्द्रायणीका बासिन्दा हुन् । २०३६ सालदेखि राजनीतिमा सक्रिय श्रेष्ठ २०५४ को स्थानीय चुनावमा  एमालेबाट गाविस अध्यक्ष समेत भएका थिए । एमाले काठमाडौ क्षेत्र नम्बर २ को अध्यक्ष समेत रहेका श्रेष्ठ राजनीतिसँगै सामाजिक कार्यमा पनि क्रियाशील सक्रिय हुँदै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित