FLASH NEWS
  • Loading...

प्रवासी नेपालीबाट एम्बुलेन्स

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५४ पटक पढिएको
Post Thumbnail


खोटाङ, ६ जेठ । खोटाङ सेवा समाज दोहा कतारले खोटाङलाई एक एम्बुलेन्स उपलब्ध गराएको छ ।

खोटाङ सेवा समाज युकेले एकैसाथ सात एम्बुलेन्स उपलब्ध गराएको महिना दिनपछि समाजले पनि थप एक एम्बुलेन्स जिल्ला भित्र्याएको हो ।

अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने विकटका सर्वसाधारणको बाध्यता अन्त्यका लागि प्रवासबाट एम्बुलेन्स प्रदान गरिएको समाजका सचिव पर्शुराम श्रेष्ठले बताउनुभयो । कतार, मलेसिया, साउदी अरब, दक्ष्णि कोरियालगायत देशमा कार्यरत युवाबाट सङ्कलित रु १८ लाख एम्बुलेन्स खरिद गरिएको हो ।

खोटाङ सेवा समाजले शुक्रबार खोटाङ एकता सेवा समाजलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित