FLASH NEWS
  • Loading...

पोखरामा पाँच दिनमा २५ प्रतिशत मतगणना

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail

पोखरा ६ जेठ । पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु भएको पाँच दिनसम्म लगभग २५ प्रतिशत मात्र मत गणना भएको छ ।

कुल ३३ वडा रहेको महानगरमा ११ वटा वडाको मात्रै अन्तिम नतिजा सार्वजनिक भएको छ । महानगरमा कुल खसेको एक लाख २५ हजार ९३२ मतमध्ये ११ वटा वडाको शुक्रबार साँझसम्म ३१ हजार ३७० मतको मात्रै अन्तिम नतिजा आएको छ ।

नतिजा सार्वजनिक भएको ११ मध्ये नेपाली काँग्रेसले पाँच वडामा प्यानलसहित र दुई वडामा मिश्रित परिणामसहित वडा अध्यक्ष पदमा विजय हासिल गरेको छ भने नेकपा (एमाले)ले तीन वडामा प्यानल र एउटा वडामा मिश्रित परिणामसहित वडा अध्यक्षमा विजयी भएको छ ।

मतगणनालाई छरितो बनाउन एक साथ चार वडाको छुट्टाछुट्टै स्थानमा गणनाको लागि ११ वटा समूह बनाइएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयले अबको पाँच दिनभित्रमा महानगरको सबै मतगणना सक्ने लक्ष्य राखेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित