FLASH NEWS
  • Loading...

मन्डन देउपुरमा एमाले विजयी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail

काभ्रेपलाञ्चोक,६ जेठ । मन्डन देउपुर नगरपालिका प्रमुखमा नेकपा(एमाले)का टोपबहादुर वाइवा विजयी हुनुभएको छ ।

उहाँले सात हजार ६४६ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अच्युतप्रसाद पौडेले छ हजार ३१९ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा एमालेकै निर्मला शाही सात हजार ५०१ प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राधिका ढकालले छ हजार १६० मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी वडा नं ११ मा एमाले समूह विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार माधवप्रसाद न्यौपाने ९३३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी जितेन्द्र लामा तामाङले ४७१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै वडा नं १२ का वडाध्यक्षमा काँग्रेसको समूह नै विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार गोविन्दप्रसाद पराजुली ५३४ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेशप्रसाद पराजुलीले ५२७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै धुलिखेल नगरपालिका–६ मा काँग्रेसका सञ्जय कोजु पाँच सय ७६ मत ल्याई वडाध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रुपक श्रेष्ठले ४५९ मत प्राप्त गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित