FLASH NEWS
  • Loading...

स्थानीय तहको संख्या वृद्धि भएमात्रै चुनावमा जान्छौं ः यादव

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


काठमाडौं—सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोले अब दोस्रो चरणको निर्वाचन जेठ ३१ गते नै हुने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रायमाझीले पहिलो चरणको निर्वाचनमा जनताले आफ्नो पार्टीलाई अहिलेको भन्दा निकै राम्रो भोटको आशा गरेको बताए । उनले भने,‘हामीले त धेरै ठूलो आशा गरेका थियौं, हुन त हामीले ०७० को निर्वाचन भन्दा राम्रो मत पाएका छौं र हामीले यो भन्दा धेरै नै आशा गरेका थियौं, एउटा कुरा के प्रष्ट भयो भने अझैपनि जनतामा ठूलो भ्रम रहेछ ।’ उनले आफ्नो पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुधार गर्ने, प्रदेशको चुनावमा धेरै राम्रो गर्न र केन्द्रिय संसदको चुनावमा टप हुने दाबी गरे । उनले दाबी गर्दै भने,‘माओवादी पहिलो पार्टी हुन्छ, तर केन्द्रिय संसदको चुनावसम्म धैर्य गर्नुहोस्, टोपबहादुरले बोलेको कुरा अहिलेसम्म फेल खाएको छैन, म जे बोल्छु त्यो पूरा हुन्छ ।’
उनले माओवादी पार्टी टुक्रेको कारण नै यथेष्ट सिट नआएको स्वीकार्दै पार्टी विभाजनको बावजुदपनि पार्टी तेस्रो स्थानमा आउनु खुशीको कुरा भएको बताए । उनले थपे,‘भन्नको लागि त यहा“ माओवादी अब पा“चौ वा छैटौंमा पुग्छ पनि भनियो, तर हामीले त्यसलाई विश्वास गरेका थिएनौं, किनकी माओवादी त्यसै हराएर जाने पार्टी होईन, यो आन्दोलन हो नि ।’ उनले पहिलो चरणको निर्वाचन सफल रुपमा सम्पन्न भएसँगै संविधान कार्यान्वयन अघि बढेको र प्रतिक्रान्तिको खतरा टरेको समेत स्पष्ट पारे । उनले आफूहरु जनतामा अब झांग्गिदै जाने भएकोलेपनि अब हुने चुनावहरुमा राम्रो नतिजा ल्याउने दाबी प्रस्तुत गरे । उनले माओवादी केन्द्रको नेतृत्वको सरकारले धेरै राम्रा राम्रा काम गरेपनि जनतामा यसलाई पुर्याउन नसक्नुपनि एउटा कमजोरी भएको स्विकार गरे । उनले थपे,‘माओवादीले आज लोडसेडिङ् हटायो, उज्यालो नेपाल बनाएको छ, माओवादीले नै हो नेपालमा सबैभन्दा बढि राजश्व उठाएको, अहिले नेपालको ईतिहासमा कहिल्यै नभएको आर्थिक वृद्धि भएको छ, चीनसँगको ओबोरमा हस्ताक्षर भएको छ, भारत र चीनसँगको सम्बन्ध सुमुधर भएको छ, माओवादीले धैरै विकास गरेको, फाष्ट ट्रयाक नेपाली सेनालाई बनाउने जिम्मा दिईएको छ ।’
नेता रायमाझीले दोस्रो चरणको निर्वाचन अब कुनै पनि हालतमा नरोकिने स्पष्ट पारे । उनले थपे,‘अब निर्वाचन रोकि“दैन, अन्तिमसम्मपनि हामी मोर्चाका मागहरु पूरा गराउन प्रयत्न गर्छौं, अहिलेपनि गरिरहेका छौं, यो कुरा उहाँहरुलाई पनि थाहा छ ।’ उनले मुलुकको समस्या समाधानको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि जिम्मेवार बन्नुपर्ने बताए । रायमाझीले संविधान संशोधन प्रस्ताव पारित गर्नको लागि सरकार प्रयत्नरत भएपनि यसकोलागि दुई तिहाई चाहिने भएकोले एमालेले यसमा सहयोग गर्नुपर्ने अनिवार्य आवश्यकत्ता रहेको बताए । उनले संशोधन पारित नभए एमालेको कारण पारित नहुने समेत टिप्पणी गरे ।
उनले यदि संशोधन प्रस्ताव पारित नभएपनि मोर्चा चुनावमा आउनुपर्ने बताए । उनले भने,‘संशोधन प्रस्ताव पारित भएन भनेपनि मोर्चाका साथीहरु चुनावमा जानुपर्छ, बरु यही कारण लिएर निर्वाचनमा जाँदा उहाँहरुलाई पनि राम्रो हुन्छ ।’
उनले आफ्नो पार्टी र कांगे्रसवीच भएको भद्र सहमति कार्यान्वयन हुने विश्वास दिलाए । उनले भने,‘माओवादीले बोलेको कुरा पुर्याउँछ, हामीले कांगे्रेससँग गरेको प्रतिबद्धता पूरा गराउँछौं, समयभित्रै हामी सरकार छोडेर मार्गप्रशस्त गर्छौं ।’ उनले कांग्रेससँग भएको सहमतिबाट आफूहरु एक ईन्चपनि तलमाथि नहुने प्रकाश पारे ।
रायमाझीले प्रधानमन्त्री प्रचण्डले सत्ता हस्तान्तरण गर्नेमा कुनै शंका नगर्न समेत आग्रह गरे । उनले भने,‘दश दिन कुर्नुहोस्, सबै देख्नुहुन्छ, दोस्रो चरणको निर्वाचन कांगे्रेस सभापति शेरबहादुरजीले गर्नुहुन्छ ।’ त्यस्तै उनले निर्वाचनभन्दा अघि बजेट मिति परेकोले अहिले कामचलाउ बजेट आउने स्पष्ट पारे ।
राष्ट्रिय जनता पार्टीका शीर्ष नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव पारित नभएपनि आफूहरु चुनावमा भाग नलिने स्पष्ट पारे । उनले चुनावमा जानुभन्दा पहिले सरकारले स्थानीय तहको संख्या भने वृद्धि गर्नुपर्ने बताए ।
उनले मोचाले चुनाव विथोल्न खोजेर आरोप लगाईएको भन्दै आफूहरुले अघि सारेका माग पूरा भए निर्वाचनमा सहभागी हुने स्पष्ट पारे । उनले मोर्चालाई अहिले घेराबन्दीमा पारिएको समेत गुनासो पोखे । उनले सरकारले आफ्नो तर्फबाट हुने कामहरु चाँडै गर्नुपर्ने समेत बताए ।
नेता यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जुँगाको लडाई गरिरहेको र मुलुकलाई बन्धक बनाएको समेत आरोप लगाए । उनले भने,‘एमालेले जिम्मेवार बहन गरेको छैन, अहिले स्थानीय तहको संख्या बढाउन नदिनेरित एमालेले लागिरहेको छ, यो उसको निषेधको राजनीति हो, तर एमालेलाई समयले जवाफ दिन्छ, दिन्छ, दिन्छ ।’
यादवले तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द आफनो पार्टीलाई निर्वाचनमा सहभागी नगराउन लागि परेको आरोप समेत लगाए । उनले आफनो पार्टीलाई बाहिरै राखेर दोस्रो चरणको निर्वाचन भए मुलुकमा अनिष्ट हुने र त्यसको जिम्मेवारी सरकार, सत्तापक्ष र प्रमुख प्रतिपक्ष एमालेले लिनुपर्ने चेतावनी पनि दिए ।
उनले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र आफूहरु नेतृत्वको राजपावीच चुनावी तालमेल हुने र यसको लागि तयारी भैरहेको समेत जनाए । उनले भने,‘हामी मिलेर आन्दोलन गर्न सक्छौं भने तालमेल गरेर चुनाव किन लड्न सक्दैनौ ? सक्छौं नि, हामीवीच तालमेल भयो भने तराई मधेशमा कांगे्रस, एमाले र माओवादी भेट्दापनि भेटि“दैनन् ।’त्यस्तै उनले आफूहरु निर्वाचनबाट नभाग्ने बताउ“दै यो निर्वाचनलाई उपयोगिताको सिद्धान्त अनुसार नै उपयोग गर्ने जनाए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित