FLASH NEWS
  • Loading...

धुलिखेल नगर प्रमुखमा एमाले विजयी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४९ पटक पढिएको
Post Thumbnail


काभ्रे, ७ जेठ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले) का अशोक ब्याञ्जु (श्रेष्ठ) सात हजार ९८१ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेशप्रसाद हुमागाईंले पाँच हजार ४०८ मत ल्याउनुभयो ।

उपप्रमुखमा एमाले कै विमलाकुमारी चौलागाईं छ हजार ८२३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका निर्मलाकुमारी चौलागाईंले चार हजार ९४० मत ल्याउनुभयो ।

उक्त नपाको– ११ र १२ मा एमालेको पूरै समूह विजयी भएको छ । वडा नं ११ मा एमालेबाट विष्णु धितालले ९४१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विनोदप्रसाद तिवारीले ५०५ मत ल्याउनुभयो ।

त्यस्तै वडा नं १२ हर्कबहादुर तामाङले ६५१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महेन्द्रबहादुर लामाले ६१६ मत ल्याउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित