FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीको केही दिनमै राजीनामा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५९ पटक पढिएको
प्रधानमन्त्रीको केही दिनमै राजीनामा


काठमाडौं—प्रधानमन्त्री दाहालले केही दिनमै राजीनामा दिने भएका छन् । हेडक्वाटर बैठकले कांग्रेससँग भएको सम्झौता अनुसार नै सरकार हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
तर, जेठ १५ को बजेट भने कामचलाउ सरकारले नै ल्याउनेछ । बैठकले उपयुक्त समयको चयन प्रधानमन्त्री गर्ने निर्णय भएको बताइएको छ । बैठकमा उपस्थित नेताहरुले पनि यसबारे खुलेर बोल्न चाहेनन् ।
दाहाल सरकार गठनका क्रममा नै दुई दलबीच सुरुको ९ महिना दाहाल र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने समझदारी भएको थियो । तर, चैतमा स्थानीय तहको चुनाव हुन नसकेपछि दाहाल सरकार केही लम्बिएको हो ।
कांग्रेस र माओवादीबीच बैशाख ३१ को पहिलो चरणको चुनावपछि दाहालले सत्ता हस्तान्तरण गर्ने समझदारी भएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले कहिले राजीनामा दिने भनेर माओवादीले मिति तोकेर निर्णय गरेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित