FLASH NEWS
  • Loading...

चुनावी चिह्नमा षड्यन्त्र – डा.भट्टराई

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६६ पटक पढिएको
Post Thumbnail


भीमदत्तनगर– स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई चुनावी चिह्न दिने सन्दर्भमा गम्भीर षड्यन्त्र गरिएको नया“ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले बताएका छन् ।
सोमबार कञ्चनपुरको भीमदत्तनगरमा पार्टीको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा डा.भट्टराईले नयाँ शक्तिलाई सिध्याउन एम्बुस थापिएको भन्दै आफ्नो पार्टीलाई षड्यन्त्रमूलक ढंगले चुनाव चिह्न नदिएको आरोप लगाए ।
उनले स्थानीय तहको निर्वाचनको मुखमा सत्ताधारी दलहरु आफ्नो पार्टीविरुद्ध लागेको आरोप लगाउँदै छोटो अवधीमा चुनावको तयारी गर्न नसकिएको धारणा व्यक्त गरेका छन् ।
चुनाव चिह्न नपाएकै कारण अन्य दलसित तालमेल गरेर निर्वाचनमा होमिनुपरेको उल्लेख गर्दै उनले भने, ‘हामीले निर्वाचन जितेको नगर र गाउँपालिकामा योजनाबद्ध विकासका लहर ल्याउनेछौं ।’
संयोजक डा. भट्टराईले स्थानीय तहको निर्वाचन राजनीतिको नयाँ प्रस्थान बिन्दु भएको बताउँदै देशलाई समृद्ध बनाउनका लागि नयाँ शक्ति पार्टी स्थापना भएको जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित