FLASH NEWS
  • Loading...

प्रचण्डले राजीनामा दिएर दोस्रो चरणको चुनाव आझेलमा -एमाले

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९४ पटक पढिएको
Post Thumbnail


काठमाडौं– सरकारको निर्णयले दोस्रो चरणको निर्वाचन ओझेलमा परेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ठहर गरेको छ ।
बुधबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले बजेट तथा नीति कार्यक्रमबारे छलफल गर्नुपर्ने बेलामा स्थानीय तह थप्ने र सीमाङ्कन हेरफेर गर्ने सरकारको निर्णयले दोस्रो चरणको निर्वाचन नै ओझेलमा परेको ठहर गरेको हो ।
निर्वाचनको मुखैमा बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएर परिस्थिति बिगारेको पनि निष्कर्ष निकालेको छ । बैठकले प्रधानमन्त्रीले राजीनामा दिएर परिस्थिति झनै अन्योलपूर्ण बनाएको निश्कर्ष निकालेको हो ।
बैठकले सरकारका तर्फबाट आवश्यक पहलकदमी लिएर राजनीतिक सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा दाहालले राजीनामा दिएर परिस्थिति बिगारेको ठहर गरेको छ ।
एमालेले स्थानीय तहको पूर्वनिर्धारित संख्या र सीमाभित्र रहेर आगामी ३१ जेठमास्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न सम्बन्धित पक्षस“ग माग गरेको छ ।
बैठकपछि सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने सरकारको निर्णयले जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई अन्योलपूर्ण बनाइरहेको छ ।’
बैठकमा ३१ जेठको दोस्रो चरणको निर्वाचन पुरानै संरचनाअनुसार हुनुपर्नेमा पनि जोड दिएको छ । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दि“दै एमाले प्रचार विभाग प्रमुख एव पार्टी सचिव योगेश भट्टराईले निर्वाचनको संघारमा प्रधानमन्त्रीको राजीनामाले झन् अन्योल थपेको बताएका छन् । सरकारले हालै गरेको सीमांकन हेरफेर असंवैधानिक र नियम कानुनको मर्मविपरीत रहेको बैठकले ठहर गरेको बताउ“दै उनले दोस्रो चरणको निर्वाचन पुरानै संरचना अनुसार हुनुपर्नेमा जोड दिएका छन् ।
अहिलेलाई ७४४ संख्यामै स्थानीय तहको निर्वाचन हुनपर्ने र स्थानीय तह हेरफेर गर्नु पर्ने नै भए पा“च वर्षपछि गर्नुपर्ने एमालेको धारणा रहेको उनको भनाइ थियो । नया“ संरचनाअनुसार निर्वाचन हुन नसक्ने र निर्वाचन आयोगले पनि निर्वाचन गर्न नसक्ने बताउ“दै उनले सरकारले हालै गरेको सीमाङ्कन हेरफेर एमालेलाई अमान्य रहेको नेता भट्टराईले बताए ।
बैठकमा प्रधानमन्त्रीको राजीनामा र विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको बताउ“दै सचिव भट्टराईले प्रधानमन्त्रीको राजीनामा उनको व्यक्तिगत, पार्टीगत र सत्ता गठबन्धन पार्टीभित्रको निर्णय भएकाले कुनै टिप्पणी नरहेको बताएका छन् ।
अब एमाले प्रधानमन्त्रीको दौडमा छ कि छैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता भट्टराईले संसदीय अभ्यास गर्दै आएको पार्टी कुनै पनि संसदीय अभ्यासबाट पछि नहट्ने परी आए एमाले संसदीय प्रक्रियाअनुसार जान तयार रहेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित