FLASH NEWS
  • Loading...

कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४४ पटक पढिएको
Post Thumbnail


काठमाडौं– प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव फिर्ता भएको छ ।
उक्त प्रस्तावका प्रस्तावक सांसद मीनबहादुर विश्वकर्मा र समर्थक टेकबहादुर बस्नेतले सभामुख ओनसरी घर्तीलाई त्यससम्बन्धी लिखित जानकारी दि“दै उनीहरुले प्रस्ताव फिर्ता लिएका हुन् ।
उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट नै रोक्ने चेतावनी दिएपछि सत्तारुढ दलहरुले प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएको एमालेसम्बद्ध नेताहरुले बताएका छन् ।
प्रमुख दलहरुबीच शनिबार नै महाअभियोग प्रस्ताव फिर्ता लिने सहमति भएको थियो । तर, आइतबार प्रस्तावक र समर्थकले महाअभियोग फिर्ता लिएनन् । प्रक्रिया अघि नबढाउन निवेदन दिए । सा“झ बालुवाटारमा भएको प्रमुख दलहरुको बैठकमा फेरि महाअभियोग फिर्ता लिने सहमति भएकोले एमालेले संसदको बैठक सुरु हुनु अघि नै महाअभियोग फिर्ता लिनु पर्ने बताएको थियो । तर, सत्तारुढ दलहरुले दिउ“सो ३ बजे आएर महाअभियोग फिर्ता नलिने जानकारी गराएको एमाले नेता गोकर्ण विष्टले जानकारी दिए । सत्तारुढ दलहरु सहमतिबाट पछि हटे बजेट नै प्रस्तुत हुन नदिने अडान एमालेले लिएपछि दलहरु फेरि छलफलमा जुटेका कारण ४ बजेबाट हुने भनिएको बजेट भाषण झण्डै एक घन्टा ढिला भएको थियो ।
‘संविधान कार्यान्वयनको यो संवेदनशील घडीमा संविधानबमोजिम स्थापित राज्यका अङ्गहरुले संविधानको उद्देश्यअनुरुप काम गर्नुपर्ने बृहत्तर आवश्यकतालाई ध्यानमा राख्दै संवैधानिक अङ्गहरुका बीचमा सौहार्दता, सकारात्मक सहयोग र समझदारीको अपेक्षा गर्दै’ प्रस्ताव फिर्ता लिइएको सांसदद्वयले सभामुखलाई दिएको सूचनामा जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित