FLASH NEWS
  • Loading...

विमान दुर्घटनामा पाइलटको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५९ पटक पढिएको
Post Thumbnail

काठमाडौं– गत शनिवार मात्रै गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटनामा परेको दुःखद घटना सेलाउन नपाउँदै मंगलबार मध्याह्न नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थल छेउमा दुर्घटना भएको छ ।
कोल्टी विमानस्थल नजिकको उक्त दुर्घटनामा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ । विमानस्थलमा अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको धान खेतमा दुर्घटनामा पर्दा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक लोकसिंह भाटले जानकारी दिए भने खड्का र आलेलाई भने सीता एयरको जहाजबाट अहिले नेपालगन्ज लगिएपछि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको जनाए ।
सुर्खेतबाट खाद्यान्न लिई हुम्ला, सिमीकोटका लागि उडेको सो जहाज अवतरण हुन नसकेपछि कोल्टी विमानस्थलमा अवतरण गर्न खोज्दा दुर्घटनामा परेको हो । ‘अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर जहाज धान खेतमा पल्टिएको हो,’ भाटले भने । दुर्घटनापछि जहाजमा लागेको आगो प्रहरी र स्थानीयवासीले निभाएका थिए ।
नेपालगन्जबाट भारतीय पर्यटक लिई हुम्लाको सिमीकोटका लागि उडेको सीता एयरको जहाज मौसम खराबीका कारण अवतरण हुन नसक्दा कोल्टी विमानस्थलमा अवतरण गरिएको जनाइएको छ ।
चार दिनको अवधिमा नेपाली आकाशमा भएका दुई वटा विमान दुर्घटनामाप्रति सरोकारवालाहरुले दुख व्यक्त गरेका छन् भने नेपाली हवाई आकाश असुरक्षित बन्दै गएकोमा चिन्ता गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित