FLASH NEWS
  • Loading...

व्यावसायिकरुपमा अलैँचीखेती

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail


धादिङ, १७ जेठ । मसला र जडीबुटीका रुपमा प्रयोग गरिने अलैँचीलाई यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न सुरु गरेका छन् ।

बर्सेनि अन्य खेतीको तुलनामा बढी आम्दानी हुने भएपछि यहाँका किसान अलैँचीखेतीतर्फ आकिर्षत भएका हुन् ।

जिल्लाका विभिन्न ठाउँका किसानले परीक्षणका रुपमा अलैँचीखेती गर्न थालेका छन् । पानी भएको जस्तोसुकै जमिनमा पनि अलैँचीखेती हुने भएपछि उत्तरी धादिङको झार्लाङ र रिकाका किसान यस खेतीको विस्तारमा लागेका छन् । केही वर्षअघि घर वरपर एक दुई बोट अलैँची लगाएका किसानले अहिले भिरालो र पानी भएको जमिनमा हजारौँ अलैँचीका बिरुवा लगाएका छन् ।

“एउटै किसानले १५÷२० रोपनीमा पाँच हजारसम्म बिरुवा लगाएका छन्,” झार्लाङका रामसिंह तामाङले भन्नुभयो । अलैँचीबाट अबको दुई वर्षमा नै उत्पादन लिन पाउने उहाँको भनाइ छ । यहाँका किसानले खेर गएको सयौँ रोपनी जमिनमा सामूहिक रुपमा अलैँचीखेती गरेका छन् ।

गत वर्ष लगाएको अलैँचीमा फूल लाग्न सुरु गरेको तामाङ बताउनुहुन्छ । अन्न बाली अत्यन्त कम उत्पादन हुने उत्तरी धादिङको झार्लाङ र रिमा भिरालो करिब ३०० रोपनी जमिनमा किसानले अलैँचीखेती गरेका छन् । “प्रत्येक परिवारले आफ्नो घरायसी प्रयोजनका लागि समेत धेरथोरै अलैँचीको बिरुवा लगाएका छन्,” तामाङले भन्नुभयो । यहाँका ३५ परिवार व्यावसायिक रुपमा अलैँचीखेतीमा संलग्न छन् ।

अलैँचीखेती प्रवद्र्धनका लागि किसानले जिल्ला कृषि विकास कार्यालयसँग प्राविधिक सहयोगका लागि माग गरेका छन् । सकारले ग्रामीण क्षेत्रका युवालाई नगदेबालीतर्फ आकर्षित गर्नसके रोजगारका लागि विदेश जानेको सङ्ख्यामा कमी आउने यहाँका किसान बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित