FLASH NEWS
  • Loading...

अरुले पिठो बेचे, हामी कम्तिमा चामल त बेचौँ प्रचण्ड

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail

 


काठमाडौं– आफ्नो सरकारले गरेको कामको जस लिन नसकेकोमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चिन्तित भएका छन् ।
बुधबार नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले माओवादी सरकारले गरेका कामहरुको प्रचार गर्न र जस लिन नसक्दा कामै नगर्नेहरुले चर्चा बटुलिरहेको बताउँदै उनले चिन्ता व्यक्त गरे ।
बैठकमा उनले भने, ‘यति ठूला र इतिहासमै मानक बन्ने काम गरेर पनि हामीले जस लिन सकेका छैनौँ । अरुले गफै गरेर चर्चा बटुले, हामीले कामको जस लिन जानेनौँ ।’ उनले सांसदहरुलाई गाउँ–गाउँ पुगेर माओवादी नेतृत्वको सरकारले गरेका कामको प्रचार गर्न पनि निर्देशन दिँदै भने, ‘गएर जनतालाई बुझाउनुस्, अरुले पिठो बेचे, हामी कम्तिमा चामल त बेचौँ ।’
उनले माओवादी नेतृत्वको सरकारले दूरगामी महत्व राख्ने र इतिहासमा मानक सिद्ध हुने काम गरेको पनि बताएका छन् । उनले यही अवधिमा आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुगेको बताए ।
प्रधानमन्त्री दाहालले मूल्यवृद्धि नियन्त्रणसहित धेरै काम गरेको फेहरिस्ता समेत बैठकमा प्रस्तुत गरेका छन् । बैठकमा दाहाले लोडसेडिङको अन्त्य, उज्यालो युगको सुरुवात भएको पनि बताएका छन् । उनले वषौँदेखि रोकिएको १ हजार ४ सय किमीको हुलाकी राजमार्ग माओवादीकै पालामा बन्दै छ, महाकालीमा पुल बन्दै छ, १४ वटा ठूला सडकहरु बन्दै छन्, फास्ट ट्रयाक शिलन्यास गरेर काम अघि बढी नै सक्यो, बूढीगण्डकी जलासययुक्त आयोजना सुरु गरेको विकासको बताए ।

निर्वाचनलाई सामान्य अर्थमा नलिन पनि सांसदहरुलाई प्रधानमन्त्री दाहालले आग्रह गरेका छन् । उनले इतिहासमै पहिलोपटक संघीयताको प्रयोगमार्फत सिंहदरबारको अधिकार गाउँ नगरमा पुगेको र २० वर्षदेखि रोकिएको स्थानीय निर्वाचन सम्पन्न गरिएको बताए ।
निर्वाचन प्राविधिक विषय मात्र नभएर यसको ठूलो राजनीतिक महत्व रहेको पनि बताएका छन् । यसभित्र राष्ट्रिय एकता एवं स्वाभिमानको रक्षा गर्ने र हिमाल, पहाड र तराई–मधेसको एकता सुदृढ गर्ने आकांक्षा लुकेको पनि उनले बताए । उनले भने, ‘हामी एकै चरणमा निर्वाचन चाहन्थ्यौँ । तर, त्यसो गरेको भए निर्वाचन नै नहुने खतरा थियो । सिंगो देशलाई नै निर्वाचनमा लैजाने कुराको ठूलो महत्व छ ।’
उनले मुस्लिम समुदायको रमजान पर्वलाई ख्याल गरेर ९ असारबाट १४ गतेका लागि सार्ने निर्णय गरिएको बताउँदै अब राजपा पनि चुनावमा सहभागी हुने दावी गरेका छन् । यसमा एमालेको पनि आलोचनात्मक समर्थन रहेको खुलासा गरेका छन् । १४ असारका निर्वाचन फेिर नसर्ने पनि बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित