FLASH NEWS
  • Loading...

चितवन बन्द फिर्ता

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४२ पटक पढिएको
Post Thumbnail

चितवन, १८ जेठ । नेकपा (एमाले) चितवनले आजका लागि गरिएको जिल्ला बन्दको कार्यक्रम फिर्ता लिएको छ । चर्काे जनदबाबपछि बन्द फिर्ता गरिएको एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाको मतगणना अघि नबढाएको भन्दै दबाब दिन एमाले चितवनले आज एक दिन चितवन बन्दको घोषणा गरेको थियो । बन्द नगर्ने प्रतिबद्धता जनाएको एमालेले बन्द आह्वान गरेको भन्दै सामाजिक सञ्जालबाट चर्काे विरोध आएको थियो । सोही कारण गएराति १० बजे एमालेले चितवनले बन्द फिर्ता भएको घोषणा गरेको थियो । बन्द फिर्ता भएपनि मतगणना नजिकै सुरु गरिएको धर्ना कार्यक्रम भने जारी रहेको एमाले चितवनका इन्चार्ज कृष्ण खनालले जानकारी दिनुभयो ।

गणनाका क्रममा मतपत्र च्यातिएर मतगणना रोकिएपछि आन्दोलन चलाउँदै आएको एमाले चितवनले मङ्गलबारदेखि धर्ना कार्यक्रम गर्दै आएको छ । एमाले चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले मतगणना तुरुन्त सुरु गर्न माग गर्नुभएको छ । जेठ १४ गते राति मतगणना भइरहेको समयमा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको आरोप एमालेको छ ।

सोही दिनदेखि भरतपुर महानगरपालिकाको मतगणना कार्य स्थगित भएको छ । माओवादी केन्द्रले भने एमालेले मतपत्र नियन्त्रणमा लिन थालेपछि सुरक्षा गर्न जाँदा मतपत्र च्यातिन पुगेको दाबी गर्दै आएको छ जसका कारण अहिले भरतपुरको मतगणनास्थलमा सिल गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित