FLASH NEWS
  • Loading...

भारतका कारण नारायणीमा तटबन्ध अलपत्र

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail

नवलपरासी—निमार्णाधीन नारायणी नदी तटबन्ध आयोजना दुई वर्षदेखि अलपत्र परेको छ ।
भारतीय पक्षले नेपाली भूमि नारायणी नदीको सिमानामा काम गर्न अवरोध गरेपछि आयोजना अलपत्र परेको हो ।
नेपाल सरकारको लगानीमा सुस्ता संरक्षणका लागि नारायणी छेउमा करिब १ हजार ५ सय मिटर तटबन्ध भइसकेको छ । तर अरु भागमा भारतीय पक्षको अवरोधका कारण काम गर्न सकिएको छैन् । नेपाली भूमिमा अहिले पनि करिब ६० देखि ८० मि तटबन्ध गर्ने काम बा“की छ । तर भारतीय अवरोधका कारण अरु काम हुन सकेको छैन् ।
नवलपरासी, सुस्तावासीले भारतीय पक्षले नारायणी नदीमा नेपाली भूमिसम्म तटबन्ध गर्न अवरोध गरेकाले नेपाल सरकारलाई भारतसँग सहजीकरण गर्न माग गरेका छन् । तटबन्धको काम समयमै गरेर सुरक्षा अपनाएका नेपालमा हुने बाढीको असर अलिक कम हुनेछ ।
भारतीय पक्षको अवरोधका कारण नेपाल सिमानासम्म पनि तटबन्ध गर्न नसकिएको जनाउँदै सुस्तावासीले नेपाल सरकारसँग असन्तुष्टी जनाएका छन् । उनीहरुले कूटनीतिक पहलबाट भएपनि सो समस्या समाधान गर्न नेपाल सरकारलाई गुहारेका हुन् ।
जनताको तटबन्ध कार्यक्रमानुसार सरकारले सुस्ता क्षेत्रमा पानी र बाढीको समस्या समाधान गर्न तटबन्ध लगाउन थालेको हो । बाँकी नेपाली भूमिको भागमा भारतीय पक्षले तटबन्ध गर्न नदिएका कारण बाँकी केही भाग तटबन्ध गर्ने कार्य रोकिन गएको छ । जसको कारण वर्षमा फेरि समस्या हुनेछ ।
सुस्ता क्षेत्रमा भारतीय पक्षद्वारा भएको अवरोध तत्काल हटाउन सुस्तावासीले माग गरेका छन् । नेपाली भूमिमा रहेको नारायणी नदीमा तटबन्ध निर्माणको काममा भारत पक्षद्वारा गरिएको अवरोध हटाउन भारतसमक्ष पहल गरिदिन सुस्तावासीले नेपाल सरकारसँग आग्रह गरेका हुन् ।
सुस्तामा हालसम्म करिब जनताको तटबन्ध कार्यक्रमअन्तर्गत करिब ६ करोडको लगानीमा तटबन्ध लगाउने काम भएको छ । चालु आवमा २०७३÷०७४ मा करिब २ करोडको काम गर्न लागिएको जनताको तटबन्ध चितवन फिल्ड कार्यालयले जनाएको छ ।
सुस्ता क्षेत्रमा भारतीय पक्षले गर्दै आएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको सांसद देवकरणप्रसाद कलवारको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित