FLASH NEWS
  • Loading...

काभ्रेको पाँचखालमा बस दुर्घटना २६ घाइते

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५५ पटक पढिएको
Post Thumbnail


काभ्रे–पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आज बिहान एउटा यात्रुवाहक बसदर्घटना हुँदा २६ जना घाइते भएका छन् । बस सडकबाट झन्डै २० मिटर तल खसेको थियो । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट यात्रु लिएर जिल्लाको कार्तिके देउराली जाँदै गरेको बा २ ख ६४४१ नम्बरको बस अनियन्त्रित भएर अरनिको राजमार्ग सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
घाइते भएका अधिकांशको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । सो गाडीमा करिब ४५ जना यात्रु सवार थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित