FLASH NEWS
  • Loading...

भरतपुर पुनः मतदान नगराउन सर्वोच्चको आदेश

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ४८ पटक पढिएको
Post Thumbnail

काठमाडौं– सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सोमबार भरतपुर महानगरपालिकाको वडा नं १९ मा यही जेठ २८ गतेसम्मका लागि निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
निर्वाचन आयोगले यही जेठ २० गते शनिबार भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गराउने निर्णय गरेको थियो । त्यसलाई कार्यान्वयन नगर्न आदेश जारी गर्दै सर्वोच्चले २८ गते विपक्षी निर्वाचन आयोगलाई समेत छलफलमा बोलाएको छ ।
आयोग, भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृतलगायतलाई विपक्षी बनाई सो महानगरपालिकाको १९ नं वडाका खुला सदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुल्सीराम पाण्डेले निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णय बदर गर्न माग गर्दै आइतबार सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
निवेदनमा ९० मतलाई वदर मतको सूचीमा राखी गणना कार्य गर्न÷गराउन र पुनः मतदान गर्ने निर्णय बदर गर्न÷गराउन माग गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित