FLASH NEWS
  • Loading...

‘वाङ्मय शताब्दी पुरुष’को उपाधिप्रति त्रिमूर्ति निकेतनको स्वागत

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४७ पटक पढिएको
Post Thumbnail


काठमाडौं– त्रिमूर्ति निकेतनले डा सत्यमोहन जोशीलाई नेपाल सरकारबाट ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि प्रदान गरेकामा नेपाल सरकारप्रति कृतज्ञता ज्ञापन गरेको छ ।
निकेतनले नेपाली वाङ्मयका शिखर व्यक्तित्व वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीको जीवनभरिको योगदानलाई मूल्याङ्कन गरी उनको गरिमामय उचाइ अभिवृद्धिका लागि अति महत्वपूर्ण योगदान पु¥याउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय गरेको छ ।
पूर्व उपप्रधानमन्त्री कमल थापा, पूर्व मन्त्रीद्वय दिलनाथ गिरी तथा दीनानाथ शर्मालाई पनि सो पदक समर्पण गर्ने त्रिमूर्ति निकेतनले निर्णय गरेको छ ।
त्रिमूर्ति निकेतनले नेपाल सरकारका मुख्यसचिव डा सोमलाल सुवेदी, नेपाल सरकारका तत्कालीन निमित्त सचिव बुद्धिसागर लामिछाने, प्रा डा प्रेम खत्री, डोलिन्द्रप्रसाद शर्मा र श्रीमती जयन्ती प्रधानलाई पनि ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय गरेको छ ।
तेह्रौँ त्रिमूर्ति दिवसका अवसरमा आगामी भदौ ३ गते वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीबाट ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गरिने कार्यक्रम रहेको छ ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसार्इंको अध्यक्षतामा सोमबार बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो ।
उता विश्व वातावरण दिवस–२०१७ को अवसरमा सदर चिडियाखानाले सोमबार आयोजना गरेको कार्यक्रममा संस्कृतविद् सत्यमोहन जोशीले कला र वातावरण जोगाउन सके मात्र संस्कृतिको संरक्षण हुने बताएका छन् ।
जोशीले वर्तमान समयमा विकासको कामको सुरुवात गर्दा वातावरण र प्रकृतिलाई ध्यान दिएर मात्र गरिनुपर्ने भन्दै प्रकृतिलाई नै नष्ट गरेर विकासले गति लिन नसक्ने उनले ठोकुवा गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित