- Loading...
१६ कांग्रेस नेता कारवाहीमा
- गोल्डेन खबर
- ६ साल अघि
- ८ पटक पढिएको

सल्यान—गत वैशाख ३१ सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई असहयोग गर्ने १६ जना नेपाली कांग्रेसका स्थानीय नेतालाई कारबाही गरिएको छ ।
पहिलो चरणको स्थानीय तहको चुनावमा पार्टीलाई अन्तरघात गरेको भन्दै नेपाली कांग्रेस सल्यानले १६ जना आफ्ना नेता तथा कार्यकर्तालाई कारबाही गरेको हो । कांग्रेसले चुनाव अगि नै निर्वाचनमा पार्टी हित विपरित जानेलाई कारवाही गरिने भन्दै जानकारी गराउँदै आएको थियो । अगिल्लो निर्वाचनमा पनि पार्टीको विरोधमा जाने, पार्टीको हित विपरित वागी उम्मेदवार खडा गरेर पार्टीलाई आत्मघाती गर्ने नेताहरुले गर्दा पार्टीलाई नोक्सान हुने गरेकोले यसपाली निर्वाचनकै सुरुवातमा पार्टीले निर्ण गरी पार्टी हित विपरित जानेलाई कारवाही गरिने जानकारी गराउँदै आएको थियो ।
कारबाहीमा पर्नेमा महाधिवेशन प्रतिनिधिदेखि नगर सभापतिसम्म रहेका छन् । नेपाली कांग्रेसले छत्रेश्वरी गाउँपालिकाबाट केशबहादुर विष्ट, डम्बर खत्री र दीपेन्द्र कुँवरलाई नेपाली कांग्रेसको साधारण सदस्य नरहने गरी कारबाही गरिएको नेपाली कांग्रेस सल्यानले जनाएको छ । उनीहरुले निर्वाचनको बेला पार्टीलाई असहयोग गरेको भन्दै उनीहरु माथी कारवाही गरिएको हो ।
यस्तै, कपुरकोट गाउँपालिकाबाट विष्णु शर्मा, खड्क केसी, शारदा नगरपालिकाबाट तुल्सीराम बस्नेत, टोपबहादुर मल्ल र सावित्रा राईलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।
त्यस्तै कांग्रेसले पार्टीलाई असहयोग गरेको भन्दै ५ जना नेतालाई १५ दिने स्पष्टीकरण सोध्ने भएको छ । स्पष्टीकरण सोधिनेमा पूर्व जिल्ला कार्यसमिति सदस्य, ध्रुव श्रेष्ठ र शारदा नगरपालिकाका नगर सभापति सचेत शाह रहेका छन् । उनीहरुको जवाफ अनुसार उनीहरुलाई पनि कारवाही गरिने छ ।
यस्तै, कांग्रेसले महाधिवेशन प्रतिनिधि श्यामनारायण रेग्मी, टीकाराम केसी र धुरव श्रेष्ठलाई पनि १५ दिने स्पष्टीकरण सोध्ने तथा चित्त बुझ्दो जवाफ नआए कारबाही गरिने जनाइएको छ ।
यसअघि नेकपा (एमाले)ले पनि पार्टीभित्र अन्तरघात गरेको भन्दै २० जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको थियो । चुनावको बेला आफ्नो नेताले अन्तरघात गर्ने हुनाले पार्टीले कारवाही गर्ने गरेको हो ।