FLASH NEWS
  • Loading...

देउवालाई पूर्ण समर्थन वा पूर्ण बिरोध गरिदैन -एमाले नेता नेपाल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५३ पटक पढिएको
Post Thumbnail


काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको विगतको छवि राम्रो नभएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले खुलासा गरेका छन् ।
बुधबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता नेपालले कांग्रेस सभापति देउवा चौथोपटक प्रधानमन्त्री निर्वाचित भएकै दिन उनको विगतको फाइल खोलका हुन् ।
कार्यक्रममा उनले विगतमा उनको छवी राम्रो नभएको आरोप लगाउँदै भने, ‘उनको विगतको मूल्यांकन राम्रो छैन, यो पटक राष्ट्रियताका पक्षमा काम गर्न सकून् ।’ तर कुन हिसाबमा उनको विगत नराम्रो थियो यसबारे भने केही खुलाएनन् ।
त्यस्तै, ८ माघ ०७४ भित्र सत्ता हस्तान्तरण गर्ने वातावरण निर्माण गर्न नेता नेपालले प्रधानमन्त्री देउवालाई सुझाव दिएका दिँदै भने, ‘यसो गरे उनको छवी राम्रो बन्छ ।’ तर, उक्त मितिमा कसलाई सत्ता हस्तान्तरण गर्ने हो र यसो गरे कसरी छवि राम्रो बन्ने भन्ने बारेमा पनि नेता नेपालले खुलाएनन् ।
त्यस्तै, नेता नेपालले आगामी ७ माघभित्र प्रदेश र संघीय संसदको चुनाव नगरी अहिलेको संसदकै म्याद थप्ने चलखेल हुन थालेको भन्दै त्यो आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् ।
कार्यक्रममा वरिष्ठ नेता नेपालले तोकिएकै मितिभित्रमा सबै तहका चुनाव गर्ने कामबाट दायाँ बायाँ भए एमालेले स्वीकार नगर्ने बताए । उनले भने, ‘संसद्को म्याद थप्ने वा सरकारको आयु लम्ब्याउने खालका हल्ला पनि गाईग’ई सुनिन थालेका छन् । त्यो एमालेलाई मान्य हुदैन । माघ ७ अघि तीन तहका चुनाव सम्पन्न गरिनुपर्छ ।’
देउवा नेतृत्वको सरकारको परीक्षण त्यसैमा रहेको भन्दै नेता नेपालले अहिले नै देउवालाई पूर्ण समर्थन वा पूर्ण बिरोध एमालेले नगरेको बताए ।
नेता नेपालले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो नै हुने दाबी गरेका छन् । ‘सरकारले एमालेसँग सामान्य छलफल पनि नगरी आफू बलियो भएको तीन प्रदेशमा पहिलो चरणको निर्वाचन गर्ने घोषणा गरेको हो’ उनले भने, ‘पहिलो चरणमा निर्वाचन भएका तीन प्रदेशमा एमाले कमजोर बन्छ भन्ने उहाँहरुको अनुमान फेल भयो । अब दोस्रो चरणमा निर्वाचन हुने प्रदेश त्यसै पनि एमालेको पकड रहेका प्रदेश हुन् । त्यसैले एमाले अब मुलुकभरी नै पहिलो हुने कुरा कसैले रोक्न सक्दैन ।’
तीन तहकै निर्वाचन सम्पन्न भएपछि मात्र संविधान संशोधन हुने उनले दाबी गर्दै भने, ‘पहिला संविधान कार्यान्वयन गरौं, त्यसपछि के गर्ने कसो गर्ने छलफल गरौँला ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित