FLASH NEWS
  • Loading...

विश्वविद्यालयका प्राध्यापक आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५४ पटक पढिएको
Post Thumbnail


काठमाडौं—पूर्वाञ्चल विश्वविद्यालयमा लामो समयदेखि कार्यरत प्राध्यापक र कर्मचारी एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने भएका छन् ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा विहिबार सिंहदरबारमा बसेको विश्वविद्यालयको २७ औँ विशेष सभाले ती कर्मचारीलाई एकपटकका लागि आन्तरिक प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । विगत १७ वर्षदेखि विश्वविद्यालय सेवा आयोग नखुल्दा कर्मचारीको वृत्तिविकासका काम हुन सकेको थिएन । जसका कारण ३ सय भन्दा बढी कर्मचारी अस्थायीमा कार्यरत छन् ।
उपप्रधानमन्त्री एवं शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति गोपालमान श्रेष्ठले वर्षां देखि समस्यामा रहेका कर्मचारीको समस्या समाधान गर्न सभाले आन्तरिक प्रतिस्पर्धाको निर्णय गरेको जानकारी गराए । उनले विश्वविद्यालयमा प्राविधिक तथा व्यावसायिक शैक्षिक कार्यक्रम लागू गरिनुपर्ने, विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको बनाइनुपर्ने विचार व्यक्त गरे । जसको कारण विदेशीले नेपाली युवाले स्वदशेमै शिक्षा लिने वातावरण बनाइनुपर्ने बताए । उनले भने, ‘विदेशमा अध्ययन गर्न जानेलाई रोक्न स्वदेशका विश्वविद्यालय सक्षम हुनुपर्छ, विदेशीलाई पनि अध्ययनका लागि नेपालमा आकर्षित गरिनुपर्छ’
पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको सक्रियतामा मोरङको गोठगाउँमा ८०५ बिगाहा जमिन प्रदान भई सो विश्वविद्यालय स्थापना भएको थियो ।
कार्यक्रममा सांसद एवं विश्वविद्यालय सभाका सभासद्हरु डा मीनेन्द्र रिजाल, डा शेखर कोइराला र चन्द्रबहादुर गुरुङ, उपकुलपति प्रा डा घनश्यामलाल दास, विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्रीनारायण श्रेष्ठ, नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायलगायतले शैक्षिक योग्यता र कार्य दक्षताका आधारमा कार्यरत कर्मचारीको वृत्तिविकास हुनुपर्नेमा जोड दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित