FLASH NEWS
  • Loading...

काग्रेसले आज तीन प्रदेश उम्मेदवारको टुंगो लगाउने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail

काठमाडौं—नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि शुक्रबारसम्म तीन प्रदेशको उम्मेदवार छनोट गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विहिबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठकले अधिकांश जिल्लाको उम्मेदवार टुंगो लगाए पनि प्रदेश नं १, ५ र ७ को शुक्रबारसम्म टुंगो लगाउने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । उनले गुल्मी, नवलपरासी, ओखलढंगा, संखुवासभालगायतका अधिकांश जिल्लाको टंगो लगाएको र शुक्रबार बस्ने बैठकले सबै उम्मेदवार छनोट गर्ने बताए । २ नं प्रदेशको अहिले सम्म कुनै टुंगो नलागेको कारण उम्मेदवार छनोटमा अझ केही समय लाग्ने उनले जानकारी दिए ।

कांग्रेसले सो निर्वाचनका लागि क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउ“पालिकाका उम्मेदवार छनोट गर्ने अधिकार दिएको छ । क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा पठाउने व्यवस्था छ ।
बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेता डा रामशरण महत, डा प्रकाशशरण महत, अर्जुननरसिंह केसी, रमेश लेखकलगायतको उपस्थिति थियो । बैठक शुक्रबार बसेर उम्मेदवारको टुंगो लगाउने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित