FLASH NEWS
  • Loading...

सप्तरीमा सुरक्षा व्यवस्था कडा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५७ पटक पढिएको
Post Thumbnail

सप्तरी—दोस्रो चरणको स्थानीय तहको निर्वाचन सहज रुपमा गर्न र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन विशेष सुरक्षा व्यवस्था गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले अहिले निर्वाचन सहज रुपमा गर्न र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन विशेष सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।
सुरक्षाका लागि जिल्लाका विभिन्न चोक तथा बजारमा नेपाल प्रहरी तथा म्यादी प्रहरीलाई २४ सै घन्टा तैनाथ गरिएको प्रहरी उपरीक्षक एवं प्रमुख अनुराग द्विवेदीले बताएका छन् ।
जिल्लामा सुरक्षाका लागि २४ औं घन्टा प्रहरीले जाँच र निगरानी गरिरहेको छ भने प्रहरीको मोबाइल गस्तीसमेत परिचालन गरिएको छ । यस्तै, इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमा थप जनशक्ति परिचालन समेत गरिएको छ ।
प्रहरी उपरीक्षक द्विवेदीका अनुसार प्रत्येक मतदानस्थलको निरीक्षण गरेर आवश्यकताअनुसार थप प्रहरी परिचालन गरिने छ । जिल्लाका अति संवेदनशील मतदान केन्द्रमा पाँच प्रहरी र नौ म्यादी प्रहरी तथा संवेदनशील मतदान केन्द्रमा चार प्रहरी र छ म्यादी प्रहरी खटाइने योजना छ ।
जिल्लामा २९२ मतदानस्थल राखिएका छन् जसमध्ये २०६ अति संवेदनशील र ८६ संवेदनशील मतदानस्थल रहेका छन् । त्यस्तै, ४६१ मतदान केन्द्रमध्ये ३२६ अति संवेदनशील र १३५ संवेदनशील रहेको बताइएको छ ।
यसैबीच, जिल्ला निर्वाचन कार्यालय सप्तरीले स्थानीय तह निर्वाचनको लागि सम्पूर्ण तयारी भइसकेको र प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतसमेत खटिसकेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित