FLASH NEWS
  • Loading...

सरकार गैरजिम्मेवार भएको राजपाको आरोप

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५६ पटक पढिएको
Post Thumbnail


काठमाडौं–सरकार गैरजिम्मेवारी भएकाले स्थानीय तहको निर्वाचनमा भाग नलिने निर्णय लिनु परेको राजपाका नेता महेन्द्र राय यादवले बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता यादवले सरकारले आफूहरुको माग सम्बोधन गरे अझै पनि निर्वाचनमा जान आफ्नो पार्टी तयार रहेको स्पष्ट पारे ।
उनले सरकारले निर्वाचनको वातावरण नबनाएकाले बाध्य भएर निर्वाचन विरोधी आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको पनि उल्लेख गरेका छन् । उनले भने, ‘बाध्य भएर हामीले आन्दोलन घोषणा गरेका छौं । हाम्रा माग पूरा भएनन् । यो ११ महिनामा संविधान संशोधनका लागि सरकारले प्रयास गरेको थियो तर असफल भयो ।’
नेता यादवले राजपा नेपाललाई बाहिर राखेर चुनाव हुनै नसक्ने दाबी गरेका छन् । उनले भने, ‘अब उहाँहरुले नै हामीलाई चुनावमा सहभागी नगराउन चाहनुभएको छ भने अर्को कुरा, नभए हामी चुनाव विरोधी होइनौँ ।’ राजपा नेपाल लोकतान्त्रिक व्यवस्थाप्रति पूर्ण प्रतिबद्ध उनको भनाइ थियो ।
उनले संविधान संशोधन अहिले हुन नसकेपनि जनसंख्याको आधारमा स्थानीय तहको संख्या बढाउने, झुठा मुद्दा फिर्ता लिनुपर्ने, अपांगता भएकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने, सहिद घोषणा गर्नुपर्नेजस्ता मागहरु सरकारले पूरा गर्नुपर्ने बताए । मागहरु पूरा भए आफूहरु निर्वाचनमा जान तयार रहेको नेता यादवको भनाई थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित