FLASH NEWS
  • Loading...

भरतपुर मुद्दाको सुनुवाइ लम्बिदै

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४३ पटक पढिएको
Post Thumbnail


काठमाडौं–भरतपुर महानगरपालिकाको मतगणनासम्बन्धी मुद्दाको सुनुवाइ ६ असारमा हुने भएको छ । सर्वोच्च अदालतले चितवनको भरतपुर–१९ मा पुनः मतदान रोक्न परेको रिटमाथि आगामी ६ असारमा सुनुवाइ गर्ने भएको हो ।
मंगलबार कामु प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा सो मुद्दाको सुनुवाइ राखिए पनि हेर्न नभ्याइने भएपछि ६ असारका लागि सुनुवाइ तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।
यसअघि यही २८ जेठमा न्यायाधीश विश्म्वरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा पेसी तोकिएको थियो तर त्यतिबेला पनि हेर्न नभ्याइने भन्दै मंगलबारका लागि पेसी तोकिएको थियो ।
न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले यही २२ जेठमा भरतपुर महानगरपालिका–१९ मा निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
सरकारले गरेको भ्याकेटको निवदेनमा दरपीठ
स्थानीय तहको संख्या नबढाउन सर्वोच्चले अदालतले दिएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै सरकारले गरेको भ्याकेटको निवेदन दरपीठ भएको छ ।
दुवै पक्षको बहस सुनेर अन्तरिम आदेश जारी भएको भन्दै सर्वोच्चका रजिष्ट्रार नृपध्वज निरौलाले निवेदनको दरपीठ गरेका हुन् ।
न्यायाधीशद्वय ईश्वर खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले स्थानीय तहको संख्या थप्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्च अदालत, ०४९ को नियम ४१ को १ बमोजिम निवेदन पुनः इजलास समक्ष पेस हुने अवस्था नभएको भन्दै दरपीठ गरिएको रिट निवेदक अधिवक्ता धनबहादुर श्रेष्ठले बताए ।
सरकारका तर्फबाट महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले गत २२ जेठमासर्वोच्चमा भ्याकेटको निवेदन दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित