FLASH NEWS
  • Loading...

अराजनीतिक गतिविधिहरु बन्द गर्न एमालेको आग्रह

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail


काठमाडौं– नेकपा एमालेले निर्वाचनलाई प्रतिकूल असर पार्ने आन्दोलनका कार्यक्रम फिर्ता लिन आव्हान गरेको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले आगामी १४ असारमा हुन लागेको दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिन आव्हान गरेको हो ।
सबै खालका अराजनीतिक गतिविधिहरु बन्द गरी निर्वाचनलाई प्रतिकूल असर पर्ने आन्दोलनका सबै कार्यक्रम फिर्ता गरी स्थानीय तहको निर्वाचनमा भाग लिन राष्ट्रिय जनता पार्टीलाई आह्वान गरेको छ ।
बैठकले राजपाका नामबाट देशका विभिन्न भागमा भएको अराजनीतिक गतिविधि रोक्नसमेत आग्रह गरेको छ । राजपाले नेकपा (एमाले), नेपाली कांगेरस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी र नेपाल लोकतान्त्रिक फोरमलगायत दलविरुद्ध कुटपिट, आगजनी र तोडफोड गर्ने, सार्वजनिक तथा सरकारी सम्पत्तिको तोडफोड गर्ने, सवारीसाधनहरुमाथि तोडफोड र आगजनी गर्ने, कर्मचारीहरुमाथि कुटपिट र दुव्र्यवहार गर्नेजस्ता घटनाको निन्दा र भत्सर्नासमेत बैठकले गरेको छ ।
एमालले यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा कायम गर्न नेपाल सरकारसमक्ष माग गरेको छ ।
पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनको प्रचार–प्रसार तथा संगठन परिचालनका लागि केन्द्रीय नेताहरु, सांसदहरु, जनसंगठनका केन्द्रीय नेताहरु साथै पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिहरुलाई विभिन्न ठाउँमा खटाउने निर्णय गरेको छ ।
पहिलो चरणका निर्वाचनका अनुभवहरूबाट शिक्षा लिँदै दोस्रो चरणको निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी बनाउन अझ बढी एकताबद्ध भएर सिंगो पार्टीलाई परिचालित गर्ने निर्णय गरेको पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
बैठकले दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन १४ असारका लागि तोकिएको मितिमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै कुनै पनि बहानामा निर्वाचनलाई पछि धकेल्ने षड्यन्त्रकाविरुद्ध सजग रहन आमजनसमुदायलाई आह्वान गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित