FLASH NEWS
  • Loading...

मतदान गर्ने तरिका सिकाउन उम्मेदवार गाउँगाउँमा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६७ पटक पढिएको
Post Thumbnail


रामपुर—यस जिल्लामा उम्मेदवार आफैँ मतदान गर्ने तरिका सिकाउन गाउँगाउँमा गएका छन् । निर्वाचनमा मत बदर हुन नदिन मतपत्र बोकेर उम्मेदवार गाउँगाउँमा पुगेका हुन् ।
निर्वाचन कार्यालयले मतदान गर्ने तरिकाबारे नगरपालिका तथा गाउँपालिकाका गाउँगाउँमा स्वयंसेवक कर्मचारी परिचालन गरे पनि प्रभावकारी नभएको गुनासो मतदाताबाटै आएपछि उम्मेदवार आफैँ घरदैलोमा मतदान गर्ने तरिका सिकाउन निस्किएका हुन् ।
निर्वाचन कार्यालयले छनोट गरी पठाएका मतदाता स्वयंसेवक कर्मचारी कतिपय गाउँमा नपुगेको गुनासा पनि मतदाताबाट आएका छन् । गाउँगाउँमा विभिन्न दलका उम्मेदवारले मत माग्न जाँदा मतदान गर्ने तरिका नै थाहा नभएको जवाफ मतदाताबाट पाएका छन् ।
मतपत्रै बोकेर गाउँगाउँमा मतदान गर्ने तरिका सिकाउन थालेको रामपुरकी सावित्रा गौतम बताउँछिन् । उनी आफैँ रामपुर नगरपालिका–५ को खुल्ला महिला सदस्य पदमा प्रतिस्पर्धा गर्दै छिन् ।
उनी भन्छिन्, ‘मतदातासँग मत माग्न जाँदा उहाँहरु मतदान गर्ने तौरतरिकामा धेरै अलमलमा परेको भेटें । मतदाताको मागलाई ध्यानमा राखेर अहिले निर्वाचनको मतपत्र बोकेर गाउँगाउँमा मतदान गर्ने तरिकाबारे सिकाउने काममा व्यस्त छु ।’
कतिपय गाउँमा मतदाता स्वयंसेवक कर्मचारी नै नपुगेको र कतिपय गाउँमा पुगे पनि सबैका घरघरमा नपुगेको गुनासा धेरैको रहेको उनको भनाइ छ । उनका अनुसार केही ठाउँका मतदाताले निर्वाचन नजिकिँदै जाँदा मतदाता स्वयंसेवक गाउँमा कहिले आउँछन् भनेर पर्खेर बसेका छन् ।
पार्टीले निश्चित समय तोकेर गाउँगाउँमा खटाएको छ, मतदातालाई मतदान गर्ने कार्य सिकाउँदा अनायासै समयको बर्बादी भइरहेको छ’ नेपाली कांग्रेस रामपुर नगरपालिकाका–६ का अध्यक्ष पदका उम्मेदवार हुमनाथ न्यौपानेले भन्छन् । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित