FLASH NEWS
  • Loading...

राजपाले उम्मेदवार मनोनयन बिथोल्ने

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४५ पटक पढिएको
Post Thumbnail


काठमाडौं–आइतबारको उम्मेदवार मनोनयनको कार्यक्रमलाई राष्ट्रिय जनता पार्टी नेपालले बिथोल्ने भएको छ । आन्दोलनरत राजपाले मधेस र थरुहट जिल्लामा स्थानीय चुनावका लागि उम्मेदवार पनि मनोनयन हुनै नदिने राजपाका नेता राजेन्द्र महतोले बताए ।
शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश नम्बर दुई लाई मात्रै मधेस नठान्न पनि सरकारलाई सचेत गराएका छन् । दुई नम्बर प्रदेशलाई मात्रै मधेस ठानेर स्थानीय तहको निर्वाचन पछिसार्ने सरकारको निर्णय मुर्खतापूर्ण ढंगले आएको बताए । नेता महतोले मुलुकलाई दुर्घटनाबाट जोगाउने जिम्मेवारी सरकार र प्रमुख तीन ठूला दलको काँधमा रहेको पनि उल्लेख गरेका छन् ।
आइतबार स्थानीय तह दोस्रो चरणको निर्वाचनको मनोनयन हुँदैछ । तर त्यसो भए मुलुकमा रगतको खोलो बग्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सरकार र ठूला तीन दलले लिनुपर्ने दाबीसमेत गरेर सरकारलाई थ्रेट दिएको छ । नेता महतोले जब्बरजस्त चुनाव गराउन खोजे मुलुक गम्भीर दुर्घटनामा फस्ने पनि औँल्याएका छन् ।
उनले सरकारले दुई नम्बर प्रदेशको निर्वाचन सार्दा आफुहरुसँग सल्लाह नगरेको बताएका छन् । स्थानीय तहको जनसंख्याका आधारमा पुनरावलोकन नगरेसम्म आफूहरु निर्वाचनमा नजाने नेता महतोले बताए ।
नवलपरासीको परासीमा आयोजना हुन लागेको सभालाई सम्बोधन गर्न आइतबार चितवन पुगेका राजपाका नेताहरुले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
नेता महतोले आफूहरु र सरकारसँग निर्वाचन सार्ने विषयमा कुनै किसिमको सहमति नभएको भन्दै झापादेखि कञ्चनपुरसम्म एउटै समयमा निर्वाचन गर्नुपर्ने बताए । सरकारले मधेस विभाजनको खेल खेलेको आरोपसमेत उनले आरोप लगाए । संविधानमा देखिएको त्रुटिलाई समाधान नगरेसम्म मधेसमा निर्वाचन हुन नदिने उनले बताए ।
त्यस्तै, अर्का नेता महन्त ठाकुरले निर्वाचन स्थगित गरेर मात्रै समस्या समाधान नहुने भन्दै अहिले दोस्रो चरणको निर्वाचनको वातावरण नबनेको बताएका छन् । सरकारले वातावरण बनाउने काम गरोस् आफूहरु निर्वाचनमा जान तयार छौँ तर अहिलेको अवस्थामा होइन उनको भनाइ थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित