FLASH NEWS
  • Loading...

अझै सक्रिय हुन सकेन मनसुन

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४४ पटक पढिएको
अझै सक्रिय हुन सकेन मनसुन

काठमाडौँ- असार। नेपालमा मनसुनी हावा प्रवेश गरेको एक हप्ता जति भइसके पनि अझै मनसुन सक्रिय भएको छैन ।

मनसुन सक्रिय हुन अझ केही दिन लाग्नसक्ने बताइएको छ । नेपालमा सामान्यतया जेठ २७ मा मनसुन सुरु भएको मानिन्छ । यो वर्ष दुई दिन ढिला गरी मनसुन सुरु भएको भनिए पनि अझै देशभर सक्रिय हुन सकेको छैन । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले भन्नुभयो, “नेपालको सीमाभित्र मनसुन प्रवेश गरे पनि हालसम्म सक्रिय हुन सकेको छैन । यो अवस्थालाई मनसुन ‘ब्रेक’ भएको मान्न सकिन्छ । सक्रिय हुन अझै केही दिन लाग्नसक्ने देखिएको छ । ”

उहाँले भन्नुभयो, “मनसुन त नेपाल जुन १२ मा प्रवेश गरेको हो तर सक्रिय भएको छैन । यसमा पश्चिमी वायुको प्रभाव नेपालमा अझै रहेको छ । यसले गर्दा पनि मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आउन सकेको छैन । ” मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार बङ्गालको खाडीबाट सुक्खा मनसुनी वायु नेपाल प्रवेश गरे पनि जल वाष्पयुक्त वायुको कमी भएकाले नेपालमा मनसुनले पानी पार्न सकेको छैन ।
उहाँले भन्नुभयो, “मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक आउन सकेको छैन । मनसुन नेपालको पूर्वी सीमाबाट भित्रिए पनि मध्य तथा पश्चिम क्षेत्रसम्म यो फैलिन सकेको छैन । सक्रिय हुन अझै दुई÷तीन दिन लाग्नसक्ने सम्भावना बढेको छ । ”पश्चिमी वायुको प्रभाव विस्तारै कम हुँदै गएको छ । शुक्रबार र शनिबार पश्चिम नेपालमा पश्चिमी वायुको प्रभावले केही स्थानमा पानी परेको थियो । मौसमविद्का अनुसार अबका केही दिनमा पश्चिमी वायुको प्रभाव कमजोर हुँदै जानेछ र बङ्गालको खाडीबाट जलवाष्पयुक्त मनसुनी वायु नेपालभित्र प्रवेश गर्ने सम्भावना छ ।
जुनदेखि सेप्टेम्बरसम्मका चार महिनालाई मनसुनी अवधि मानिन्छ । यो वर्ष वर्षा कम हुने आकलन मौसमविद्को छ । विभागका महानिर्देशक डा। शर्माले भन्नुभयो, “यसपटकको मनसुनमा वर्षा कम हुने सम्भावना छ । गत वर्षको तुलनामा कम हुने देखिएकाले यसको प्रत्यक्ष असर कृषि प्रणाली तथा मानव स्वास्थ्यमा पर्ने देखिएको छ । ”शनिबार राति पश्चिम नेपालका केही ठाउँमा फाट्टफुट्ट पानी परेको छ भने आइतबार दिउँसो देशभर आकाश खुला रहेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार एक÷दुई दिनपछि पूर्वी भेगमा जलवाष्पयुक्त वायु प्रवेश भई नेपाली भूमिमा वर्षा हुनसक्ने देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित