FLASH NEWS
  • Loading...

विदेशी इसारामा मधेस आन्दोलन ः नेता बिजुक्छे

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५७ पटक पढिएको
Post Thumbnail


भक्तपुर– विदेशीको इशारामा चुनाव हुन नदिने षड्यन्त्र हुदै गरेको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बताएका छन् ।
आइतबार कानुन अध्ययन समाज नेपालद्वारा भक्तपुरको तौमढीमा आयोजना गरेको कार्यक्रममा उनले विदेशी इसारामा मधेसका नाममा केही नेताले मधेसमा चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको बताए ।
विदेशीको स्वार्थ पूरा गर्न तराईका केही मधेसी नेताले आन्दोलनको राजनीति गरेको पनि बताएका छन् । विदेशीले मधेसी नेताको काँधमा बन्दुक राखेर उचालिरहेको टिप्पणी गर्दै उनले देशलाई बिखण्डनबाट जोगाउन देशभक्त जनता तयार हुनुपर्ने आजको आवश्यकता रहेको औँल्याए ।
उनले भारतकै इसारामा तराईमा आन्दोलन भइरहेको आरोप लगाउँदै यसले नेपालका उद्योग धरासायी बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले नेपाली कांग्रेस नेतृत्वको सरकारले दोस्रो चरणमा सबै ठाउँमा एकैपटक निर्वाचन गर्न नसकेको बताएका छन् ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले निर्वाचन पनि एक सैद्धान्तिक संघर्ष भएको चर्चा गर्दै नगरमा रहेको खानेपानी, ढलको समस्या समाधान गर्ने आङ्खनो पहिलो कदम हुने बताएका छन् ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं सांसद अनुराधा थापामगरले जुनसुकै सरकार आए पनि जनताका पक्षमा काम गर्न नसक्दा समस्या आएको जिकिर गरिन् ।
कानुन अध्ययन समाज नेपालका अध्यक्ष रामप्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा काठमाडौंका अध्यक्ष नारायण महर्जन, नेमकिपा भक्तपुरका कार्यवाहक अध्यक्ष सुरेन्द्रराज गोसाईंलगायतले देश बचाउ अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित