FLASH NEWS
  • Loading...

पराजित हुने डरले निर्वाचन सारे ः नेता नेपाल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५४ पटक पढिएको
Post Thumbnail


भीमदत्तनगर—पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेपाली काग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताहरुले पराजित हुने डरले प्रदेश नं २ को निर्वाचन सारेको आरोप लगाएका छन् ।
कञ्चनपुरको भीमदत्तनगरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले राष्ट्रिय जनता पार्टीलाई सहमतिमा ल्याउने नाउँमा कांग्रेस र माओवादी केन्द्रले चुनावमा पराजित हुने डरले प्रदेश नं २ मा असोज २ गतेका लागि निर्वाचन सारेको ठोकुवा गरे । उनले भने, ‘उनीहरु चुनाव सार्ने वहाना खोजिरहेका थिए, राजपालाई वहाना बनाएर चुनाव सारे । ’
प्रदेश नं २ को निर्वाचन सार्नुपर्ने कुनै आवश्यकता नरहेको बताउँदै उनले पहिलो चरणमै सबै प्रदेशमा निर्वाचन गराउन सकिने अवस्था हुदा पनि कांग्रेस र माओवादीले निर्वाचन गराउन नचाहेको बताए । उनले कांग्रेस र एमालेले सिगों चुनाव नै सार्न खोजेको तर परिस्थितीले साथ नदिएकोले चुनाव गर्न परेको आरोप लगाए । ‘कांग्रेस र माओवादीले त सिंगों निर्वाचन सार्न खोजेका थिएँ, नेता नेपालले भने । मतदाताले सही पार्टी र सही उम्मेदवारको मूल्यांकन गर्ने बेला आएको बताउँदै उनले ७ नं प्रदेशलाई अगाडि बढाउन निर्णय लिनेबेला आएको धारणा व्यक्त गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित