FLASH NEWS
  • Loading...

‘निर्वाचन अधिकृतलाई डाईपरको व्यवस्था गर्नुपर्छ’

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५२ पटक पढिएको
Post Thumbnail


काठमाडौं—प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुबीर महासेठले दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले ५० प्रतिशत स्थानमा विजय हा“सिल गर्ने दाबी गरेका छन् ।
आईतबार राजधानीमा आयोजना गरेको साक्षात्कारमाबोल्दै नेतामहासेठले देशव्यापी रुपमा एमालेको पक्षमा जनलहर भएकोले दोस्रो चरणको निर्वाचनमा पनि आफ्नो पार्टी नै पहिलो हुने दाबी गरेका हुन् । उनले भने,‘म आँफै चुनावी अभियानमा प्रायः सबै जिल्ला घुमेको छु, एमालेको पक्षमा व्यापकजनलहर छ, हामी ५० प्रतिशत ल्याउँछौं ।’
नेतामहासेठले आफ्नो पार्टीविरुद्ध सरकारमा बस्ने पार्टीहरुले षडयन्त्र गरिरहेको समेत आरोप लगाए । उनले भने, ‘हामीले त चरण चरणको निर्वाचन माग गरेका थिएनौं, हामीले ७ वटै प्रदेशमा एकै चरणमा निर्वाचन हुनुपर्छ भनेका थियौं, तर सरकारमा बसेका पार्टीहरुले देशव्यापी रुपमा एमालेले जित्छ भन्ने थाहा पाएपछि हामीविरुद्ध षड्यन्त्र गर्नुभयो, र चुनाव सार्नुभयो ।’
नेतामहासेठले सरकारको लाचारीपनको कारण निर्वाचन पटक पटक सार्ने कामभएको समेत आरोप लगाए । उनले भने,‘एमालेको जितलाइ रोक्न षड्यन्त्र गरेर सरकारले चुनाब सारेको हो, तर जति पटक चुनाव सारेपनि एमालेलाई जनताले विश्वास गरेका छन् ।’ उनले सुरक्षानिकाय र अनुशन्धान निकायहरुले २ नम्बर प्रदेशमा पनि एमाले नै अग्रपँक्तीमा रहेको सुचना दिएपछि २ नम्बर प्रदेशको निर्वाचन सारिएको आरोप लगाए ।
महासेठले सरकारले एमालेको बिरुद्धमा जनताको मत किन्न शान्ति मन्त्रालय मार्फत अरबौं रकमचोर बाटोबाट बाँड्न लागेको समेत आरोप लगाए । उनले भने,‘अहिले हामीले थाहापाएअनुसार सरकारले ८ अर्ब ७१ करोड रुपैयाँचोर बाटोबाट मतखरिद गर्न लागेको छ, यो कहाँ सम्म न्याय संगत हो ? ’ उनले चितवनको भरतपुर घटना नदोरियोस भनेर कार्यकर्तालाई सजग गराइएको उल्लेख गर्दै भने,‘फेरि भरतपुरकोजस्तो भट्ना नघटोस् भनेर हामीले सजग गरेका छौं, तर निर्वाचनआयोगको क्रियाकलाप पनि शंकास्पद छ, हामी सर्वोच्च अदालतको निर्णय आत्मसात् गर्छौं।’उनले चितवनको भरतपुरजस्तो मतपत्रच्यात्ने घट्ना रोक्नको लागिहात र खुट्टामा हतकडी लगाउनुपर्ने र मुखमा स्थायीखालको मास्कलगाउने व्यवस्थागर्नुपर्ने समेत माग गरे ।
उनले भने,‘निर्वाचन अधिकृतलाई पनि डाईपरको व्यवस्था गर्नुपर्छ, साँच्चिकै ट्वाईलेट जानुपर्ने बाध्यता थियो कि थिएन, वा के भएको थियो भन्ने कुरा पत्तालगाउनको लागिकल डिटेल हेर्नुपर्दथ्यो ।’ उनले यस्ता कुराहरु गर्न आयोगले कुनै चासो नदेखाएकोले आयोगको क्रियाकलाप पनि शंकास्पद रहेको आरोप लगाए ।
त्यस्तै उनले निर्वाचनको मुखमा आयोगको सचिवको सरुवा हुनुलाई षडयन्त्रको संज्ञा दिए । उनले तराईमा एमाले सकियो भन्नेहरु प्रहरीकै बर्दीमा प्रहरीको गाडीमा मतमाग्ने काम भैरहेको बताए । उनले भने,‘नेपाली कांग्रेसले अहिले तराईमा खासगरी धुनषामा प्रहरीको गुन्डाराज सुरु गरेको छ, सुरक्षा निकाय तटस्थ बस्नु पर्नेमा कांग्रेसको झण्डा लिएर हिडिँरहेको छ।’ उनले राजपा चुनावमा आउँदा एमालेलाई दुःख हुन्छ भनेर कांग्रेस नेता विमलेन्द्र निधिले अन्र्तवार्ता दिएकोप्रति टिप्पणी गर्दै भने,‘एमालेलाई होईन, कांग्रेसलाई दुःख हुन्छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित