FLASH NEWS
  • Loading...

रोल्पाले थप द्वन्द थेग्न सक्दैनः नेता राणा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५० पटक पढिएको
Post Thumbnail


रोल्पा—नेपाली कांग्रेसका युवा नेता उदय शमशेर राणाले नेपाली कांग्रेसको नेतृत्वमा मात्र समृद्धि सम्भव हुने बताएका छन् ।
स्थानीय तहको निर्वाचनको चुनावी अभियानमा रोल्पा पुगेका कांग्रेस नेता एवं सांसद राणाले आर्थिक समृद्धिका लागि कांग्रेसको विकल्प नरहेको बताए । माओवादी सशस्त्र युद्धको उद्गम थलोका रुपमा चिनिने थवाङमा आईतवार चुनावी अभियानका क्रममा कार्यकर्तासंगको भेटघाटमा राणाले थवाङबाट नै कांगेरसको विजयी यात्रा आरम्भ हुने दावी गरे । उनले भने, ‘थवाङका जनता अब शान्ति चाहन्छन् । शान्तिको नेतृत्व गर्ने कांग्रेसको चारतारा झण्डा अब थवाङबाट फहराउने छ ।’
थवाङमा कांग्रेस र विप्लव माओवादीबीच चुनाव गठबन्धन छ । कांग्रेस नेता राणाले अब रोल्पाले थप द्वन्द सहन नसक्ने भन्दै शान्ति र समृद्धिका लागि कांग्रेसलाई विजयी गराउन अपील गरे । आईतवार नै रोल्पाको दुईखोली गाउ“पालिकामा आयोजित कार्यक्रममा कांग्रेस नेताहरुले रोल्पाको विकासका लागि कांग्रेसलाई विजयी गराउन आग्रह गरेका थिए । पूर्वसहायकमन्त्री भीमकुमारी बुढा, पार्टी सभापति अमरसिंह पुन, पूर्व सभापति कृष्णबहादुर घर्तिमगर, नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्य लगायतका नेताहरु सहभागि भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित