FLASH NEWS
  • Loading...

सुरक्षा अवस्था सुदृढ ः गृहमन्त्री शर्मा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४३ पटक पढिएको
Post Thumbnail

काठमाडौं– सरकारले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सुरक्षाको व्यवस्था सुदृढ रहेको गृहमन्त्री जनादन शर्माले बताएका छन् । सोमबार राजधानीमा आयोजित एका कायक्रममा मन्त्री शर्माले सबै मतदान केन्द्रमा सुरक्षाको व्यवस्था सुदृढ रहेको उल्लेख गर्दै ढुक्क भएर मतदानमा भाग लिन सबै मतदातासँग आग्रह गरेका हुन् ।
उनले पहिलो चरणको निर्वाचनको अनुभवलाई समेत ध्यानमा राखेर स्थानीय तह दोस्रो चरणको निर्वाचनको सुरक्षा व्यवस्था थप विकसित र परिमार्जित गरिएको पनि स्पष्ट पारे । उनले भने, ‘निर्वाचनका लागि सुरक्षाको कुनै समस्या छैन, सरकारले सबै प्रबन्ध मिलाएको छ, सबै सुरक्षा निकायहरुलाई परिचालन गरेको छ, त्यसो भएको हुदा सबै मतदाताहरु मतदान केन्द्रमा गएर आफ्नो मतदान अधिकार प्रयोग गर्नुहोस्, तपाईहरुलाई चाहिने सबै सुरक्षा व्यवस्था हामीले गरिसकेका छौँ ।’
बुधबार १, ५ र ७ नम्बर प्रदेश अन्तर्गतका ३ सय ३४ वटा स्थानीय तहमा दोस्रो चरणको निर्वाचन हुदै छ । गृहमन्त्री शर्माले निर्वाचनका लागि आवश्यक सबै सुरक्षा व्यवस्था गरिएको पनि स्मरण गराएका छन् । उनले मतदान केन्द्र, मतदान स्थल, मतपेटिकाको सुरक्षा र मतगणना समेतलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाइएको पनि बताए । सरकारले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वटा सुरक्षा घेरा बनाएर सुरक्षाकर्मी परिचालन गर्ने नीति नै बनाएको छ ।
उनले भने, ‘निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन र आम मतदाताहरुलाई ढुक्क भएर मत हाल्नको लागि म यही मञ्चबाट अपिल गर्छु, निर्वाचन सम्पन्न गराउनका लागि कर्मचारीदेखि लिएर आवश्यक सुरक्षाकर्मीहरुलाई सबै क्षेत्रमा खटाइसकिएको छ, अब मतदान केन्द्रमा कुनै समस्या छैन ।’
मतदाताहरुलाई मत हाल्न जाँदा कुनै बाधा, अबरोध नआउनेबारे आश्वस्त पार्दै भने ,‘तपाईहरु आफ्नो मताधिकार स्वतन्त्र, भयरहित र निर्भिक रुपमा गर्न पाउनुहुनेछ, त्यसका लागि तपाईहरुलाई जस्तोसुकै सुरक्षा दिनपनि सरकार तयार छ ।’
गृहमन्त्री शर्माले स्थानीय तहको निर्वाचनलाई सहज रुपमा सम्पन्न गर्न सरकारले तीन चरणमा निर्वाचन गर्नु परेको पनि प्रष्टिकरण दिए । उनले मधेस केन्द्रित सबै दललाई निर्वाचन ल्याउन पनि सरकारले तेस्रो चरणको निर्वाचन २ असोजमा गर्ने निर्णय लिनु परेको पनि स्पष्ट पारे । गृहमन्त्री शर्माले दोस्रो चरणको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको हैसियतमा राष्ट्रिय जनता पार्टी, नेपालले समेत निर्वाचनमा भाग लिने वातावरण बनाउनु सरकारको ठूलो सफलता भएको पनि उल्लेख गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित