FLASH NEWS
  • Loading...

सरकारलाई दिएको समर्थन राजपाले फिर्ता लिने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ४८ पटक पढिएको
Post Thumbnail


परासी– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । बुधबार राजपाका वरिष्ठ नेता हृदेश त्रिपाठीले आफ्नो घरमा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।
भेटघाटमा दोस्रो चरणको चुनाव सकेपछि राजपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिने बताएका छन् । सरकारले राजपाको माग पूरा गर्नुभन्दा पनि राज्यको शक्ति प्रयोग गरेर मधेसको आवाज दबाउने काम गरेको भन्दै चुनावलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिइने बताए ।
वर्तमान शेरबहादुर देउवा सरकारलाई राजपाले समर्थन फिर्ता लिए पनि सरकारलाई केही फरक पर्ने भने छैन । दुई तिहाई सांसदको समर्थन रहेका देउवा सरकारलाई राजपासँग भएको २५ सांसदको समर्थन फिर्ताले सरकारमाथि केही दबाब आउने भए पनि सरकार तत्कालै ढल्ने वा सरकराको विकल्पको बाटो भने खुल्ने छैन ।
मधेसको माग पूरा नगर्दै बलजफ्ती चुनाव गराएको आरोप लगाउँदै नेता त्रिपाठीले सरकारबाट समर्थ फिर्ता लिने र नयाँ आन्दोलनको कार्यक्रम घोष्णा गरी थप संघर्ष चर्काउने दाबीसमेत गरेका छन् ।
स्थानीय तहको चुनावलाई राजपाले बहिष्कार गरी मधेसको शक्तिमा एकता थपिएको समेत बताएका छन् । यस चुनावप्रति भयभित रहेको सरकार आफैँ नै उत्रिनु राजपाको सफता रहेको नेता त्रिपाठीले दाबी गरे ।
आफनो घरमै नेता त्रिपाठीले यो स्थानीय तहको चुनावले लोकतन्त्रलाई बलियोभन्दा कमजोर बनाएको आरोप लगाएका छन् र यसले संविधानलाई ओरालोतर्फ धकेलेको पनि बताए ।
राजपाको जिल्लाका शीर्ष नेता एवं अगुवा कार्यकर्ताहरुले चुनाव बहिष्कार गरी राजपालाई थप बलियो बनाएको बताएका छन् । जिल्लामा चुनाव बहिष्कार गर्ने नेता कार्यकर्ताहरु यस्ता योद्धा हुन् जसले भोलिका दिनमा मधेस आन्दोलन र जायज मागहरु पूरा गराउनमा मद्दत गर्ने नेता त्रिपाठीको भनाई थियो । चुनावले लोकतन्त्रलाई स्थापितभन्दा विप्थापित र कमजोर बनाउने हो उक्त चुनाव मुलुकका लागि घातक सिद्ध हुने पनि बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित